यस्तो डिजाइनमा आउँदैछ ६.१ इन्चको सस्तो आइफोन, दुईवटा सिम प्रयोग गर्न सकिने

Technology Khabar २१ भाद्र २०७५, बिहीबार

यस्तो डिजाइनमा आउँदैछ ६.१ इन्चको सस्तो आइफोन, दुईवटा सिम प्रयोग गर्न सकिने

काठमाडौं ।

काठमाडौं । एप्पलले यहि सेप्टेम्बर १२ तारिखमा नयाँ आइफोन सार्वजनिक गर्दैछ । कम्पनीले यो वर्ष तीन वटा संस्करणमा नयाँ आइफोनहरु सार्वजनिक गर्नसक्ने रिपोर्टहरु आईरहेका छन्, जसमा सस्तो मोडलको आईफोन पनि हुने अनुमान गरिएको छ ।

कम्पनीले अहिलेको आइफोन एटको अपग्रेडको रुपमा दुईवटा नयाँ आइफोन ल्याउने र अर्को सस्तो मोडलको रुपमा आइफोन ल्याउने अनुमान छ ।

कम्पनीले ल्याउने सस्तो मोडलमा ६.१ इन्चको एलसिडी डिस्प्ले हुनेछ भने अन्य दुई आइफोनहरुमध्ये ५.८ इन्चको आइफोन एक्स एस र ६.५ इन्चको आइफोन एक्स म्याक्स नाममा आउनसक्नेछ । सस्तो आइफोनको नाम अहिलेसम्म स्पष्ट भएको छैन तर संभवत यसलाई आइफोन नाइनको नामबाट कम्पनीले लन्च गर्नसक्नेछ ।

कम्पनीले ६.१ इन्चको आइफोनलाई बजेट आइफोनको रुपमा सार्वजनिक गर्नेछ, जून धेरै कलर अप्सनहरुमा उपलब्ध हुनेछ ।

एप्पलले ल्याउने बजेट आइफोनमा एउटा मात्र रियर क्यामरा हुनेछ भने यो फोनमा ड्यूल सिम सपोर्ट हुने बताईएको छ । ड्यूल सिम आइफोन भने चीनको लागि मात्र बनाईने रिपोर्टहरुमा उल्लेख छ ।

हालै यहि बजेट आइफोनको नयाँ फोटो लीक भएको छ, जसमा रेड, ब्लू र ह्वाइट कलर अप्सनसहितको आइफोन देखिएको छ ।

सस्तो आइफोन विश्व बजारमा करिब ६९९ अमेरिकी डलर मूल्यबाट शुरु हुने बताईएको छ । त्यस्तै आइफोन एक्स एसको मूल्य करिब ८०० अमेरिकी डलर तथा आइफोन एक्स एस म्याक्सको मूल्य ९९९ अमेरिकी डलर हुनसक्ने अनुमान गरिएको छ ।

[poll id=”7″]

Global Bank
easy care

प्रकाशित: २१ भाद्र २०७५, बिहीबार

ताजा समाचार