ओपोद्वारा नेपालमा एफनाइनको बिक्रि आरम्भ, फोन ५ मिनेट चार्ज गरी २ घण्टासम्मको टक टाइम

Technology Khabar २० भाद्र २०७५, बुधबार

ओपोद्वारा नेपालमा एफनाइनको बिक्रि आरम्भ, फोन ५ मिनेट चार्ज गरी २ घण्टासम्मको टक टाइम
NTC_Advt

काठमाडौं । ओपोद्वारा भरखरै सार्वजनिक एफनाइन(Oppo F9) को विक्रि आरम्भ गरिएको छ । ओपोले भदौ १४ देखि आफ्ना देशभर रहेका विक्रि केन्द्रमार्फत नयाँ उत्पादन उपलब्ध गराउँदै विक्रि आरम्भको घोषणा गरेको हो ।

कम्पनीद्वारा सार्वजनिक नयाँ स्मार्टफोन ओपो एफनाइनमा भोक(Vooc) फ्ल्याश चार्जिङ सुविधा उपलब्ध छ । फोनमा प्रमुख आकर्षणका रुपमा उपलब्ध गरिएको भोक फ्ल्याश चार्जिङमार्फत उपभोक्ताले मात्र ५ मिनेट चार्ज गरी २ घण्टा सम्मको टक टाइम प्राप्तगर्न सक्छन् । ओपोले एफनाइन मार्फत फोन उद्योगमै पहिलो पटक ग्राडियण्ट कलर डिजाइन उपलब्ध गराएको छ ।

४ जीबी भेरियण्टका लागि ४१,५९० रुपैयाँ र ६ जीबी भेरियण्टका लागि ४५,५९० रुपैयाँ मूल्य निर्धारण गरिएको ओपो एफनाइन हालका लागि सनराइज रेड र ट्वाइलाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ ।

विक्रि आरम्भका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ उत्पादन ओपो एफनाइनका लागि प्राप्त माया र सहयोगका लागि हामी समस्त उपभोक्तामाझ हार्दिक आभार तथा कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ । उपभोक्ता मार्फत प्राप्त प्रतिक्रियाले हामी निकै प्रशन्न छौँ।’

प्रकाशित: २० भाद्र २०७५, बुधबार