नुविया ब्राण्डको चार स्मार्टफोन नेपाली बजारमा भित्रियो, मूल्य १९ हजार रुपैयाँदेखि शुरु

Technology Khabar २० भाद्र २०७५, बुधबार

नुविया ब्राण्डको चार स्मार्टफोन नेपाली बजारमा भित्रियो, मूल्य १९ हजार रुपैयाँदेखि शुरु

काठमाडौं । आई.टि.पि नेपाल प्रालिले नेपाली बजारमा चार मोडलका नुविया स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले एम टू लाइट(M2 lite), एन टू(N2), जेड सेभेन्टिन मिनी(Z17 Mini), जेड सेभेन्टिन मिनी एस (Z17 Mini S) स्मार्टफोन बिक्री शुरु गरेको हो ।

कम्पनीले ल्याएको एम टू लाइटमा ४ जीबी र्याम र ३२ जीबी स्टोरेज छ भने फोटोका लागि १३ मेगापिक्सेलको रियर र १६ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ। यो फोनको मूल्य १९,९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै नूविया एन टू मा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज रहेको छ भने फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनको मूल्य २४,८९९ रुपैयाँ तोकिएको छ ।

नूवियाको अर्को स्मार्टफोन जेड सेभेन्टिन मिनीमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ भने १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनको बजार मूल्य २९,९९९ रुपैयाँ तोकिएको छ ।

जेड सेभेन्टिन सिरिजको अर्को स्मार्टफोन जेड सेभेन्टिन मिनी एसमा ६ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । फोनमा १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा १६ प्लस ५ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । यो फोनको बजार मूल्य ३७,४९९ रुपैयाँ रहेको छ ।

आगामी दिनमा नयाँ मोडलहरु पनि बजारमा ल्याउने तयारी गरेको कम्पनीका सेल्स एण्ड मार्केटिंग प्रमुख पुष्कल खतिवडाले बताए ।

[poll id=”6″]

प्रकाशित: २० भाद्र २०७५, बुधबार

Comments are closed.

Loading...