फेसबुकले ल्यायो नयाँ गेमिंग एप, अनलाइन गेमिंग रुचाउनेहरुका लागि लाभदायक

Technology Khabar २० भाद्र २०७५, बुधबार

फेसबुकले ल्यायो नयाँ गेमिंग एप, अनलाइन गेमिंग रुचाउनेहरुका लागि लाभदायक

काठमाडौं ।

काठमाडौं । सामाजिक साइट फेसबुकमा अब लाइभ गेम पनि खेल्न सकिने भएको छ । अनलाइनमा गेम खेल्न मनपराउनेहरुका लागि ध्यानमा राखेर फेसबुकले गूगल प्ले स्टोरमा नयाँ एन्ड्रोयड एप लन्च गरेको छ ।

यो एपमार्फम गेम खेल्न चाहनेहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न चाहेको फेसबुकको भनाई छ । यो एपले गेमरहरुका लागि छुट्टै प्लेटफर्मको रुपमा तयार पार्नेछ ।

फेसबुककाअनुसार यसले गेम खेल्नेहरुका लागि उत्कृष्ट प्लेटफर्म तयार पार्नेछ जहाँ यूजर्सलाई फरक फरक गेम खेल्न पाईने सुविधा छ । गेम खेल्दै गर्दा तपाईँ फेसबुकको न्यूज फीडबाट भने बन्चित हुनुपर्ने हुन्छ ।

यो एपले भिडियो गेम स्ट्रीमिंग फेसबुकमा हेर्न सकिनेछ । त्यस्तै यसमा हुने स्ट्रीमिंग तपाईँले फेसबुकमा कसलाई फलो गर्नुभएको छ र कुन पेजलाई लाईक गर्नुभएको छ भन्ने विषयमा आधारित रहेर हुनेछ । यसमा तपाईँले फेसबुक स्टार्स किनेर आफ्नो मनपर्ने क्रिएटर्सलाई सपोर्ट समेत गर्न सक्नुहुनेछ ।

फेसबुकमा स्ट्रीमिंगको सुविधा जूनमा नै राखिएको भएपनि हाल एपको रुपमा आएको हो । जून गत केहि सातादेखि गूगल प्ले स्टोरमा उपलब्ध छ जुन अहिलेसम्म फिलिपिन्समा मात्र उपलब्ध रहेको छ। यसको अर्थ यो प्लेटफर्म हाल परिक्षणको रुपमा मात्र छ र छिटै नै यो विश्वभर सार्वजनिक हुन सक्नेछ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: २० भाद्र २०७५, बुधबार

ताजा समाचार