आइमार्स मोबाइलको ब्राण्ड एम्बेस्डरमा अभिनेता अनमोल केसी नियुक्त

Technology Khabar १८ भाद्र २०७५, सोमबार

आइमार्स मोबाइलको ब्राण्ड एम्बेस्डरमा अभिनेता अनमोल केसी नियुक्त
Classic Tech

काठमाडौं । आइमार्स मोबाइलले ब्राण्ड एम्बेस्डरमा अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ । आइमार्स मोबाइलको आधिकारिक बितरक ओपल मल्टिनेशनल प्रालिले सोमबार एक कार्यक्रमका बिच ब्राण्ड एम्बेस्डरमा केसीलाई नियुक्त गरेको घोषणा गरेको हो ।

चिनियाँ स्मार्टफोन ब्राण्ड आइमार्सले नेपाली बजारमा स्मार्टफोन तथा बार फोनहरु छिटै सार्वजनिक गर्ने तयारी समेत गरेको छ । कम्पनीले एक महिनाभित्रै ४ वटा स्मार्टफोन तथा ६ वटा फिचर फोन सार्वजनिक गर्ने आइमार्स मोबाइलका कन्ट्रि म्यानेजर सुशिल न्यौपानेले जानकारी दिए ।

आइमार्स स्मार्टफोनमा भीओएलटिई टेक्नोलोजी रहेको र फोरजी फोन भएको बताईएको छ । त्यस्तै कम्पनीले ल्यापटप, टेलिभिजन तथा एसेसरिजहरु पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

कम्पनीले अभिनेता केसीलाई एक वर्षसम्म ब्राण्ड एम्बेस्डर बनाउने जानकारी समेत दिएको छ ।

TK Viber

प्रकाशित: १८ भाद्र २०७५, सोमबार

Loading...