सामसङ नोट–९ को प्रि-बुकिङ सकियो, अपेक्षा भन्दा तीन गुणा धेरै बुकिङ भएको दाबी

Technology Khabar १५ भाद्र २०७५, शुक्रबार

सामसङ नोट–९ को प्रि-बुकिङ सकियो, अपेक्षा भन्दा तीन गुणा धेरै बुकिङ भएको दाबी

काठमाडौं ।

काठमाडौं । सामसङले नोट–९ को प्रि वुकिङमा ग्राहकहरुबाट अभूतपूर्व प्रतिक्रिया प्राप्त गरेको बताएको छ ।

प्रि–वुकिङ अगष्ट १७ देखि ३० सम्म चलेको थियो । नेपाली मोवाइल वजारमा प्रि–वुकिङमा देखिने औसत दरभन्दा नोट–९ को प्रि– वुकिङ झण्डै तीन गुणाले वढेको सामसङले जनाएको छ ।

व्लुटुथ सहितको एस पेनले ग्राहकलाई प्रि–वुकिङको लागि उत्प्रेरित गरेको कम्पनीको दाबी छ ।

सो मोवाइलको शुरुवात गत अगष्त २२ मा नयाँ दिल्लीस्थित हायात एजेन्सीमा आयोजित एक विशेष कार्यक्रमको विच दक्षिण एसियाली मुलुकहरुलाई लक्षित गरेर गरिएको थियो ।

नेपालमा सामसङले टुटफुटको बीमासम्वन्धी र एनसेलको एकवर्षे १८,००० एमवी डाटा सहितको प्रि–वुकिङ खुला गरेको थियो । त्यसैगरी एउटा छालाको वालेट, एडिएमआई एडप्टर अथवा थप १० हजार, एउटा एचडिएमआई एडप्टर र सामसुङ कभ्र्ड मोनिटरको अफरसमेत सार्वजनिक गरेको थियो ।

यस वाहेक, सामसुङको प्रि–वुकिङमा सहभागी हुनेहरु सामसुङको लक्डी ड्रमा समेत सहभागी हुन पाउने व्यवस्था गरिएको थियो ।

‘हामीले अपेक्षा गरेको भन्दा अत्यधिक धेरै प्रतिक्रया र अद्धितिय रेस्पोन्सप्रति हामी प्रि–वुकिङ गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छौं । हामी यो तथ्यमा पुन जोड दिन चाहान्छौ कि ग्यालेक्सीको नोट प्रयोगकर्ताहरु सामसुङको सबैभन्दा निष्ठावान संरक्षक हुन,’ आइएमएस विजका प्रमुख रत्न स्थापितले भने ।

easy care

प्रकाशित: १५ भाद्र २०७५, शुक्रबार

ताजा समाचार