उबर एयर ट्याक्सी सेवा संचालनको योजनामा, भारतसहित विभिन्न देशहरुमा सेवा दिने

Technology Khabar १५ भाद्र २०७५, शुक्रबार

उबर एयर ट्याक्सी सेवा संचालनको योजनामा, भारतसहित विभिन्न देशहरुमा सेवा दिने

काठमाडौं । एपमार्फत ट्याक्सी सेवा प्रदान गर्दै आएको टेक कम्पनी उबरले यातायातको साधनको रुपमा उबर एयर ट्याक्सी संचालन गर्ने भएको छ । उबरको एयर ट्याक्सी ब्रान्च उबर ईलाइट(Uber Elite) ले विहीबार घोषणा गर्दै अमेरिकाबाट यो सेवा शुरु गर्ने जानकारी दिएको छ । कम्पनीले अमेरिकाको डालास र लस एन्जल्सबाट यो सेवा शुरु गर्ने योजना राखेको छ, जून सन २०२०सम्म फ्लाईंग ट्याक्सीको डेमो शुरु गरिनेछ ।

कम्पनीले त्यसपछि भने विभिन्न देशहरुका शहरहरुमा सेवा संचालन गर्ने योजना राखेको छ जसमा छिमेकी मुलुक भारतसहित जापान,अष्ट्रेलिया, ब्राजिल र फ्रान्सका शहरहरु हुनसक्नेछन् ।

कम्पनीले यसअघि नै एडभान्स टेक्नोलोजी सेन्टरले उबरको लागि फ्लाईंग कारहरु बनाउने छ ।

उबरले सन् २०२३ सम्म ती शहरहरुमा व्यवसायीकरुपमा नै उडान गर्नसक्ने योजना राखेको छ ।

कम्पनीले यहि साता एभिएसन प्रोजेक्ट उबर एयर लन्च गरेको छ, जसमा इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्याण्डिंग एयरक्राफ्ट(e-VLOTs)का साथमा फ्लाईट सेयरिंग नेटवर्क तयार हुनेछ । यी एयर ट्याक्सीहरुले करिब १५० माइल प्रतिघण्टाको दरमा २,००० फीटको हाराहारीमा उडान भर्नसक्नेछन् । यी इलेक्ट्रिक प्लेनहरु एक पटकको चार्जमा ६० माइलसम्म यात्रा गर्न सक्नेछन् ।

कम्पनीले करिब ४० माइलको यात्रा यी प्लेनहरुको सहयोगबाट २० मिनेटमा नै गर्न सकिने दाबी गरेको छ । त्यस्तै कम्पनीले दिल्ली, मुम्बई, सियोल, सिड्नी र ताइपेईजस्ता मुलुकहरुमा उडान हुनसक्ने संभावित रुटहरु पनि प्रदर्शन गरेको थियो ।

कम्पनीले २० लाख भन्दा बढि जनसंख्या भएको शहरलाई प्राथमिकता दिनेछ जहाँ उच्च घनत्व हुनुपर्नेछ, त्यस्तै यसअघि उबरको सेवा सहज भएको स्थानहरुमा प्राथमिकता तोकिने जनाएको छ ।

शुल्क

उबर एलेभेट वेबसाइटका अनुसार अमेरिकाको सानफ्रान्सिस्कोदेखि सान जोसेसम्मको करिब ४३ माइलको यात्रा यो सेवाद्धारा केबल १५ मिनेटमा पुरा हुनेछ जून अहिले ४३ मिनेट लाग्दछ । यसको लागि पहिलो चार्ज करिब १२९ अमेरिकी डलर हुनेछ जसलाई पछि ४३ डलर र त्यसपछि भने २० डलरसम्म पुर्याउन सकिनेछ । हाल अमेरिकामा पनि यति दूरीका लागि उबर एक्स ट्याक्सी सेवाले करिब १११ अमेरिकी डलर लिने गरेको छ ।

एजेन्सी

TK Viber

प्रकाशित: १५ भाद्र २०७५, शुक्रबार

Loading...