एप्पलले सेप्टेम्बर १२ मा नयाँ आइफोन सार्वजनिक गर्ने, यी हुन् इभेन्टमा लन्च हुने अन्य उत्पादन

Technology Khabar १५ भाद्र २०७५, शुक्रबार

एप्पलले सेप्टेम्बर १२ मा नयाँ आइफोन सार्वजनिक गर्ने, यी हुन् इभेन्टमा लन्च हुने अन्य उत्पादन

काठमाडौं ।

काठमाडौं । अमेरिकी ट्रिलियन डलर टेक कम्पनी एप्पलले नयाँ आईफोन सार्वजनिक गर्ने मिति तय गरेको छ । कम्पनीले मिडियालाई निम्तो पठाउँदै यहि सेप्टेम्बर १२ तारिखमा नयाँ उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेको हो ।

एप्पलले सेप्टेम्बर १२ तारिख नेपाली समयअनुसार राती ११ः४५ मा नयाँ उत्पादनहरु सार्वजनिक गर्नेछ ।

कम्पनीले यो इभेन्टमा नयाँ आइफोन लन्च गर्नेछ, जसमा तीन वटा नयाँ संस्करणहरु आउने अपेक्षा गरिएको छ । कम्पनीले यसमा ५.८ इन्चको आइफोन, ६.१ इन्च र ६.५ इन्चको डिस्प्लेसहितको नयाँ आइफोन ल्याउनेछ ।

५.८ इन्च र ६.५ इन्चको नयाँ आइफोन मोडल गत वर्ष सार्वजनिक आइफोन एक्सको अपग्रेड भर्सन हुने अनुमान गरिएको छ, जसमध्ये ५.८ इन्चलाई आइफोन एक्स एस I (iPhone Xs) भनिनेछ भने अर्कोलाई आइफोन एक्स प्लस (iPhone X Plus) भनिनेछ ।

त्यस्तै ६.१ इन्चको आइफोन सस्तो तथा इन्ट्रि लेभलको आइफोनको रुपमा आउनेछ । यो मोडल विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ ।
त्यस्तै एप्पलले वाच सिरिज फोर पनि सार्वजनिक गर्ने चर्चा रहेको छ । जसमा नयाँ डिजाइनमा ध्यान दिईएको छ भने स्क्रीन साइज केहि ठूलो छ । त्यस्तै यसमा हर्ट रेट डिटेक्सनलाई थप सुधार गरिएको छ ।

कम्पनीले नयाँ आइप्याडहरु पनि इभेन्टमा ल्याउने अनुमान गरिएको छ । नयाँ आइप्याडमा फेस आइडी राखिने छ भने होम बटन हटाईने छ । नयाँ मोडल १०.५ इन्च, १२.९ इन्च र ११ इन्चको डिस्प्लेसहितको हुनेछ ।

कम्पनीले सेप्टेम्बर १२ तारिखमा नयाँ म्याक अपडेट गर्ने संभावना रहेको छ । जसमा रेटिना डिस्प्लेसहितको म्याकबुक एयरलाई प्रतिस्थापन गर्नेछ । म्याक मिनीमा थप स्पेशिफिकेसन हुनेछन् । र अन्य मोडलहरुमा पनि केहि सुधार हुने अनुमान छ ।

माध्यम

easy care

प्रकाशित: १५ भाद्र २०७५, शुक्रबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार