माइक्रोम्याक्सको ‘यू एस’ सार्वजनिक, बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फीचर

Technology Khabar १५ भाद्र २०७५, शुक्रबार

माइक्रोम्याक्सको ‘यू एस’ सार्वजनिक, बजेट स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर र फेस अनलक फीचर

काठमाडौं ।

काठमाडौं । भारतीय मोबाइल कम्पनी माइक्रोम्याक्सको सब ब्राण्ड यू (Yu) ले नयाँ स्मार्टफोन यू एस (Yu Ace) सार्वजनिक गरेको छ । कम्पनीले करिब १ वर्षको अन्तरालमा भारतीय बजारमा नयाँ फोन ल्याएको हो ।

यूले यो फोनलाई पहिलो पटक सेलका लागि ६ सेप्टेम्बरमा उपलब्ध गराउनेछ भने त्यसपछि मात्र अफलाइन बजारमा उपलब्ध हुनेछ । कम्पनीकाअनुसार दुईवटा फ्ल्याश सेल गरिने छ ।

यू ब्राण्डमा आएको यू एसमा ५.४५ इन्चको एचडी प्लस डिस्प्ले राखिएको छ भने १८ः९ स्क्रीन रेसियो रहेको छ । फोनमा २ जीबी र्याम र १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ ।

यू एस स्मार्टफोन चालकोर ग्रे, इलेक्ट्रीक ब्लू, रोज गोल्ड कलर अप्सनमा आउँछ ।

फोनमा ४,००० एमएएचको ब्याट्री उपलब्ध छ भने एन्ड्रोयड ओरियो अपरेटिंग सिस्टममा आधारित छ । यसलाई एन्ड्रोयड पी को सपोर्ट हुने कम्पनीले बताएको छ । फोनमा फिंगरप्रिन्ट सेन्सर तथा फेस अनलक फीचर पनि राखिएको छ ।

बजेट सिरिजको फोनमा मिडियाटेक एमटिके ६७३९ क्वाड कोर प्रोसेसर छ ।

हाल भारतीय बजारमा मात्र उपलब्ध यो फोनको मूल्य ५,९९९ भारु तोकिएको छ ।

easy care

प्रकाशित: १५ भाद्र २०७५, शुक्रबार