ओपो एफनाइन नेपालमा सार्वजनिक, फ्ल्याशचार्ज र ग्राडियण्ट कलर भएको फोनको यस्तो छ विशेषता

Technology Khabar १४ भाद्र २०७५, बिहीबार

ओपो एफनाइन नेपालमा सार्वजनिक, फ्ल्याशचार्ज र ग्राडियण्ट कलर भएको फोनको यस्तो छ विशेषता

काठमाडौं ।

काठमाडौं । ओपोले एफ सिरिज अन्तर्गत नयाँ उत्पादन ओपो एफ नाइन (Oppo F9) सार्वजनिक गरेको छ । ५ मिनेट चार्ज गर्दा २ घण्टाको टक टाइम दिने, भोक फ्ल्याश चार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनसहित सार्वजनिक गरिएको नयाँ एफ नाइन मार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि र नवप्रबर्तनात्मक विशेषज्ञता प्रतिबिम्बित गरेको छ।

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीनभिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफनाइन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । तीमध्ये सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि विक्रि आरम्भ गरिने छ भने स्टारी पर्पलकालागि उपभोक्ताले केही समय थप कुर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८ प्रतिशत स्क्रिन टू बडी रेसियो, ग्राडियण्ट कलर र ३,५०० एमएएच ब्याट्री सहित ओपो एफ नाइनले उत्कृष्ट सेल्फी फञ्शनका साथै अन्य प्राविधिक पक्षमा समेत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधान उपलब्ध गराउनु ओपोमा हाम्रा लागि प्रमुख प्राथमिकताको विषय हो । मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम उपलब्ध गराउने क्षमता सहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा सफलहुनेमा हामी आशावादी छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।

भोक (VOOC) मार्फत तिब्र गतिको चार्ज

ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधि उपयोग गर्ने यस प्रविधिले साधारण ५भी/१ए साधारण चार्जिङका तुलनामा चार गुणा तिब्र चार्जिङ गति क्षमता प्रदान गर्छ । साथै हतार भएको अवस्थामा मात्र ५ मिनेट चार्ज गरी २ घण्टाको समयका लागि पर्याप्त टक टाइम प्राप्त गर्न सकिन्छ ।

चार गुणा तिब्र गतिको चार्जिङ क्षमताका साथै भोकमा एडेप्टरदेखि पोर्ट हुँदै फोनसम्म पुग्नु अगाडी ५ तहको सुरक्षा प्रणालीपनि जडान गरिएको छ । भोकमा भोल्टेज रिड्यूसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसले भोकलाई ‘कूल फास्ट चार्जिङ प्रविधि’का रुपमा स्थापित गरेको छ । भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामा फोनको प्रयोग गर्दापनि कुनै असर पर्दैन । यो सुविधा हाई भोल्टेज फास्ट चार्जले दिन सक्दैन ।

सन् २०१४मा भोक सार्वजनिक गरिए संगै कम्पनीले यससंग सम्बन्धित ५ सय प्याटेन्ट दर्ता गराउनुका साथ अहिले विश्वभर यसको प्रयोग ९ करोड उपभोक्ताले गरिरहेका छन् । ब्याट्रीका सवालमा एफनाइनमा ३५०० एमएएच ब्याट्री र अप्टिमाइज्ड एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्था गरिएको छ ।

ग्राडियण्ट कलर्स सहित वाटरड्रप स्क्रिन

एफ नाइनमा उपलब्ध गरिएको ग्राडियण्ट कलरले तिनको पर्सनालिटी र एटिट्यूड प्रतिबिम्बित गर्न सघाउँछ ।

फोनमा प्रयोग गरिएको ग्राडियण्ट स्प्रेयिङ प्रविधि र फ्रेम ग्राडियण्ट प्रविधिमार्फत कम्पनीले ग्राडियण्ट डिजाइन सहितको ब्याकका साथै यूनिफाइड भ्यूइङ अनुभव प्रदान गर्छ । प्रत्यक्ष सूर्यको प्रकासमा राख्दा एफनाइन बहुमुल्य रत्न र बगिरहेको पानीझैँ चम्किन्छ । एफनाइनको डिजाइनले कम्पनीको डिजाइन प्रतिको लगावलाई प्रत्यक्ष प्रतिबिम्बित समेत गरेको छ ।

स्मार्टफोन भनेको सञ्चार साधन मात्र नभइ कलाको एक नमुना हो भन्ने सोचका साथ ओपोले आफ्ना उत्पादनको विकास तथा निर्माण गर्ने गरेको छ । फोनमा रहेको स्क्रिनले पानीको थोपा आकारको नच बाहेक पूरै एफनाइन ढाकेको छ ।

एफ नाइनमा १०८०x२३४० रेजोल्यूशन सहितको आकर्षक ६.३ ईञ्च बेजल–लेस स्क्रिन जडान गरिएको छ । १९.५:९ एस्पेकट रेसियो र ९०.८% सुपर हाई स्क्रिन टू बडी रेसियोपनि उपलब्ध गरिएको छ ।

फोटोग्राफी: सेल्फी एक्स्पर्टबाट पोट्रेट आर्टिष्ट

अब पोट्रेट फोटोग्राफीमा पनि उत्कृष्टता दिने सोचका साथ कम्पनीले यसका अतिरिक्त सुविधा तथा फिचर्सपनि प्रदान गरेको छ ।

यसकालागि ओपोले एफ सिरिजमा पहिलो पटक डुअल रियर क्यामेरा (१६एमपी+२एमपी)को प्रयोग गरेको छ । मोबाइलबाट खिचिएका तस्विरमा धमिलो र अप्राकृतिक लाग्ने बोके ईफेक्ट, कम वा अत्यधिक प्रकाश हुनु प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय हुने गरेको छ । यसको समाधानका लागि ओपोले एफ नाइनको प्रमुख क्यामेराका रुपमा एफ/१.८ एपर्चर लेन्ससहित १६ एमपीको क्यामेरा उपलब्ध गराएको छ । साथै, यसमा रहेको सेकेण्डरी क्यामेराले उत्कृष्ट बोके ईफेक्टका लागि डेफ्ट अफ फिल्डको गणना समेत गर्ने क्षमता राख्छ ।

ओपो एफ नाइनमा रहेको २५ मेगापिक्सेल क्षमताको क्यामेराले हरेक विषयको २९६ फिचर पोइन्टहरु सटिक रुपमा संकलन गरी मुहार चित्रको बृहत्त डाटाबेससंग तुलना गरी विषयगत रुपमा परिमार्जन सुविधा उपलब्ध गराउँछ । ओपोले उपलब्ध गराएको एआई ब्यूटी २.१ले प्रयोगकर्तालाई ८० लाख भिन्न ब्यक्तिगत ब्यूटीफिकेशन ईफेक्ट उपलब्ध गराउँछ । यसले गर्दा प्रयोगकर्ताका तस्विरहरुमा प्राकृतिक लुक्स कायम राख्दै उत्कृष्ट र गुणस्तरिय देखाउन सकिन्छ । यसका साथै, एफ नाइनमा एआर स्टिकर्स, सुपर भिभिड मोड र स्लो मोसन भिडियो जस्ता रमाइला क्यामेरा फिचरहरु पनि उपलब्ध छन् ।

कलर ओएस ५.२ एआई प्रणाली

ओपोले एफ नाइन मार्फत प्रयोगकर्तालाई स्मार्ट अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने सोचका साथ एण्ड्रोइड ८.१ मा आधारित कलर ओएस ५.२ सञ्चालन प्रणाली उपलब्ध गराएको छ । एफनाइनमा गुगल लेन्सपनि उपलब्ध छ । यसले बस्तुको सटिक पहिचान गरी आवश्यक नतिजा तथा सूचना प्रस्तुत गर्न सहज हुन्छ ।

हार्डवेयरको सवालमा एफ नाइनमा ४जीबी/६जीबी + ६४जीबी सञ्चय क्षमताको समायोजनले सञ्चालन गतिमा तिब्रता प्रदान गरेको छ । साथै, प्रयोगकर्तालाई अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसलाई २ सय ५६ जीबी सम्म बढाउन पनि सकिने सुविधा पनिफोनमा उपलब्ध रहेको छ । ओपो एफनाइनमा एकै पटक २ ओटा सिमकार्ड र एउटा मेमोरी कार्ड प्रयोग गर्न सकियोस् भन्ने सोचका साथतीन ओटा कार्ड स्लट सहितको डिजाइन अवधारणा अपनाइएको कम्पनीले जानकारी दिएको छ ।

एउटा ४ जीबी र्याम भएको फोनको बजार मूल्य ४१ हजार ५ सय ९० रुपैयाँ तथा ६ जीबी र्याम भएको फोनको ४५ हजार ५ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

 

[poll id=”5″]

Global Bank
easy care

प्रकाशित: १४ भाद्र २०७५, बिहीबार