शाओमीको सब-ब्राण्ड पोकोफोनको नयाँ स्मार्टफोन ‘पोकोफोन एफ वान’ नेपाल आउने

Technology Khabar १२ भाद्र २०७५, मंगलवार

शाओमीको सब-ब्राण्ड पोकोफोनको नयाँ स्मार्टफोन ‘पोकोफोन एफ वान’ नेपाल आउने

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीको सब-ब्राण्ड पोकोफोनले (Pocophone) केहि दिनअघि भारतमा सार्वजनिक गरेको आफ्नो पहिलो स्मार्टफोन पोकोफोन एफ वान (Pocophone F1)फ्रान्स, इण्डोनेशिया, हंगकंगमा पनि सार्वजनिक गरेको छ ।

यो स्मार्टफोनमा क्वालकमको २.८ गीगाहर्जको १० नानोमिटरको स्न्यापड्रागन ८४५ प्रोसेसर राखिएको छ भने एड्रिनो ६३० जीपीयू पनि छ । पोलीकार्बोनेट डिजाइनको पोकोफोन एफ वान स्मार्टफोनमा ६.१८ इन्चको फूलएचडी प्लस एलसिडी डिस्प्ले राखिएको छ । फोन डिस्प्लेको रिजोल्यूशन २३४०x१०८० रहेको छ ।

फोटोग्राफीका लागि पोकोफोन एफ वान मा ड्यूल रियर क्यामरा सेटअप छ जसमध्ये १२ मेगापिक्सेलको प्राइमरी क्यामरा तथा ५ मेगापिक्सेलको सेकेण्डरी क्यामरा राखिएको छ । सेल्फीका लागि फोनमा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । रियर क्यामराको ठिक मुनी फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

फोनमा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ भने क्विक सपोर्ट उपलब्ध छ ।

फोन ब्ल्याक, ब्लू र रेड तीन कलर भेरिएन्टमा उपलब्ध हुनेछ ।

तीन भेरिएन्टमा आउने पोकोफोन एफ वान ६ जीबी र्याम ६४ जीबी स्टोरेज, ६ जीबी र्याम र १२८ जीबीको स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबीको स्टोरेज अप्सनमा आउँछ । भारतीय बजारमा यसको मूल्य २०,९९९ भारुदेखि शुरु हुन्छ ।

यो फोन हाल सिमित बजारहरुमा मात्र उपलब्ध रहेको भएपनि नेपाली बजारमा पनि आउने निश्चित भएको छ । पोकोफोनको आधिकारिक ट्विटमार्फत नेपालमा पनि छिटै पोकोफोन एफ वान लन्च गर्ने जानकारी दिएको छ । कम्पनीले यसका साथै अन्य धेरै मुलुकहरुमा छिट्टै यो फोन उपलब्ध हुने स्पष्ट पारेको हो ।

नेपालमा हाल शाओमीका सबैजसो मोडलका फोनहरुका साथै अन्य उत्पादनहरु पनि उपलब्ध छन् । नेपालमा वत्सल इम्पेक्स र टेलीटक प्रालिले शाओमीको फोनहरु बिक्री गर्ने गरेका छन् । त्यसैले यो फोन भदौको अन्त्यसम्ममा नेपाली बजारमा उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाली बजारमा हुने यसको उपलब्धताको बारेमा थप जानकारी आएमा हामी दिने नै छौं ।

easy care

प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

ताजा समाचार