एप्पलले यो वर्ष तीन नयाँ आइफोन ल्याउने, दुईवटा मोडलमा ड्यूल सिम सपोर्ट हुने

Technology Khabar १२ भाद्र २०७५, मंगलवार

एप्पलले यो वर्ष तीन नयाँ आइफोन ल्याउने, दुईवटा मोडलमा ड्यूल सिम सपोर्ट हुने

काठमाडौं । एप्पलले यो वर्षको अन्त्यमा सार्वजनिक गर्ने नयाँ आइफोनहरुमा नयाँ फीचरहरु राखिने र क्यामरामा सुधार गरिएको हुने नयाँ रिपोर्ट आएको छ ।

एप्पलले (Apple) यो वर्ष तीन नयाँ आइफोन सार्वजनिक गर्ने चर्चासँगै नयाँ फोनहरु तिब्र गतिको हुने बताईएको छ । ती नयाँ आइफोनहरु(iPhone) गत वर्षको आइफोन एक्स (iPhone X) जस्तै देखिने छन जसमा ५.८ इन्च, ६.१ इन्च र ६.५ इन्चको डिस्प्ले हुनेछ । यी मध्ये ६.१ इन्चको नयाँ आइफोन हुनेछ ।

५.८ इन्चको ओएलईडी मोडलको आइफोन एप्पलले ल्याउने एस मोडलको फोन जस्तै हुनेछ, जुन सन् २०१७ को आइफोनको अपग्रेडको रुपमा हुनेछ । तर फोनको स्पीड बढाउनका लागि भने एप्पलले नयाँ प्रोसेसर ए १२ प्रयोग गर्नेछ ।

त्यस्तै नयाँ आइफोन ६.१ इन्चको डिस्प्लेमा एलसिडी प्रयोग गर्नेछ । यो फोन सस्तो मूल्यमा आउने बताईएको छ । यो फोन हेर्दा आइफोन एक्स जस्तै देखिने भएपनि यसलाई सस्तो मूल्यमा ल्याईने छ ।

यो आइफोन विभिन्न कलर अप्सनमा आउने अनुमान छ जसमा एल्मुनियम एज प्रयोग हुनेछ । ६.१ इन्चको आइफोनमा अहिलेको आइफोन ८ को जस्तै क्यामरा मोडूल हुनेछ ।

एप्पलले ल्याउने सबैभन्दा महंगो आइफोन ६.५ इन्चको ओएलईडी हुनेछ । यसको मूल्य आइफोन एक्सको जस्तै हुनेछ भने यो प्रिमियम आइफोनको रुपमा आउनेछ ।

कम्पनीले संभवत यसअघि प्रयोग गर्दै आएको प्लस शब्दलाई हटाएर एस शब्द जोड्नसक्ने बताईएको छ । अर्थात ६.५ इन्चको आइफोनको नाम ‘आइफोन एक्स एस'(iPhone Xs) हुनसक्नेछ । यसको अर्थ गत वर्ष आएको आइफोनको मोडलको अपग्रेडको रुपमा हुनेछ ।

रिपोर्टअनुसार दुई डूला आइफोनहरुमा केहि क्षेत्रहरुका लागि ड्यूल सिम कार्ड स्लट उपलब्ध हुनसक्ने उल्लेख छ ।

तीन वटा नयाँ आइफोनका साथमा कम्पनीले एप्पल वाच सिरिज ४ पनि सार्वजनिक गर्नेछ । जसमा नयाँ डिस्प्ले एज टू एज हुनेछ भने गत वर्षको जस्तै डिजाइनमा आउनेछ ।

उता आइफोनको बारेमा भविश्यबाणी गर्दै आएका विश्लेषक मिंग ची कुहोले भने सस्तो मूल्यको आइफोन मोडल केहि ढिला गरि सार्वजनिक हुने बताएका छन्। उनले ६.१ इन्चको आइफोन अक्टोबरमा मात्र लन्च हुने संभावना भएको बताएका हुन् ।

त्यस्तै उनले ६.१ र ६.५ इन्चको आइफोन सिंगल सिम र ड्यूल सिम सपोर्ट दुबै मोडलमा उपलब्ध हुने उल्लेख गरेका छन् ।

माध्यम

प्रकाशित: १२ भाद्र २०७५, मंगलवार

Comments are closed.

Loading...