ह्वावेको नोभा थ्री तथा नोभा थ्री आई एक सातामै २ हजार यूनिट बिक्री

Technology Khabar ११ भाद्र २०७५, सोमबार

ह्वावेको नोभा थ्री तथा नोभा थ्री आई एक सातामै २ हजार यूनिट बिक्री
Classic Tech

काठमाडौं । ह्वावेको नोभा थ्री तथा नोभा थ्री आईको स्टक सकिएको कम्पनीले दाबी गरेको छ । यी फोनहरुले गत साता अग्रिम बुकिङ व्यापारको दिन २,००० थान बिक्री गरि नयाँ रेकर्ड कायम गरेको कम्पनीको भनाई छ ।

पहिलो पटक ह्वावेले ग्राहकहरुले फोन किन्न लामवद्ध भएका प्रत्यक्ष अनुभव बटुल्यो । अग्रिम बुकिङ गरेका ग्राहकहरुले स्वतः नोभा थ्रीको पोर्टेबल प्रिन्टर तथा नोभा थ्री आईको पोर्टेबल स्पीकर जितेका थिए ।

बजारमा उपलब्ध भएका विभिन्न रंगहरुमध्ये ग्राहकहरुले अाइरिस पर्पल (Irish Purple) लाई बढी मन पराए। यसको रंग नीलोबाट बैजनी हुन्छ । यस रंगलाई महसुस गर्न ह्वावेका दुवै स्मार्टफोनहरुमा सिसा राखिएको छ । उच्चतम मागको कारण यो रंग आउट अफ स्टक भएको कम्पनीले दाबी गरेको छ ।

नोभा थ्रीको बजार मूल्य ५९,९०० रुपैयाँ रहेको छ भनेर नोभा थ्री आईको मूल्य ३८,९०० रुपैयाँ रहेको छ । ह्वावेको नोभा सिरिजमा २४ मेगापिक्सेलको क्यामरा राखिएको छ । त्यस्तै नोभा थ्री आईको फोनमा ४ जीबी र्याम र १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

ह्वावेको नोभा थ्री तथा नोभा थ्री आईकोबारेमा थप जानकारी

दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा सहित दुईवटा फ्रन्ट क्यामरा रहेका छन् ।

यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रो तस्वीहरहरू खिच्न मात्र होइन ती तस्वीरहरू माथि अधिकतम नियन्त्रण पनि दिने गर्दछ । ह्वावे नोभा थ्री आईमा शक्तिशाली रियर क्यामराहरू पनि रहेको छ । रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर पनि छ ।

सेल्फी तस्वीरहरुलाई अझ राम्रो बनाउन नोभा थ्री तथा नोभा थ्री आई मा तस्वीरको प्रकार चिन्ने सिन रेकग्निसन प्रणाली जडान गरिएको छ । ह्वावे नोभा थ्री तथा ह्वावे नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै एआई क्षमता भएको प्रणाली पनि जडित छ जसले सेल्फी खिच्ने मज्जालाई नै एउटा नयाँ उचाईँमा पुर्याउने कम्पनीको भनाई छ ।

सेल्फी खिच्ने क्रममा फ्रन्ट क्यामराले त्यसमा जडित आर्टिफिसिअल इन्टेलिजेन्सको प्रयोग गर्दछ र ब्लु स्काई, बिच‚ नाईट जस्ता ८ विभिन्न तस्वीर समूहहरुमा विभाजित समूहमा छुट्याउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ११ भाद्र २०७५, सोमबार

Loading...