एनसेलको आम्दानीमा ५.५ प्रतिशतको वृद्धि, डाटाको औसत प्रयोग ६९८ एमबी

Technology Khabar १० भाद्र २०७५, आईतवार

एनसेलको आम्दानीमा ५.५ प्रतिशतको वृद्धि, डाटाको औसत प्रयोग ६९८ एमबी

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अंग्रेजी वर्षको दोस्रो चौमासिकमा ५.५ प्रतिशतले आम्दानीमा वृद्धि गर्न सफल भएको छ ।

आजिआटा ग्रुपअन्तरगतको नेपाली मोबाइल अपरेटर एनसेलले सन् २०१८ को जून महिनाको चौमासिकमा २८ हजार नयाँ सेवाग्राही थप गर्न सफल भएको छ ।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार कम्पनीसँग हाल १ करोड ६५ लाख १३ हजार भन्दा बढि ग्राहकहरु छन् ।

कम्पनीले २८३ रुपैयाँको औसत आम्दानी प्रति यूजरबाट वृद्धि गरेर ३०६ रुपैयाँ पुर्याउन सफल भएको छ । डाटा सेवाको ससक्त मागमा वृद्धिको कारणले आम्दनीमा वृद्धि भएको हो, जसले अन्तराष्ट्रिय लामो दूरीको टेलिफोन सेवाबाट हुने कम आम्दानीको पूर्ति गरेको हो ।
कम्पनीको वार्षिक रकममा ५.५ प्रतिशतको वृद्धि हुँदै दोस्रो चौमासिकमा १५ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ ।

आजियाटाले अहिलेको मितिसम्म गत वर्षभन्दा ३४.२ प्रतिशतले डाटाको आम्दानीमा वृद्धि भएको बताएको छ, जून कम्पनीको आम्दानीको २२ प्रतिशत हो ।

नेपालमा स्मार्टफोन पहुँचमा वृद्धि हुँदै ५८ प्रतिशत पुगेको बताईएको छ ।

एनसेलका ग्राहकहरुले औसतमा दोस्रो चौमासिकमा ६९८ एमबी डाटा प्रयोग गरेको देखिएको छ जून पहिलो चौमासिकमा ४७५ एमबी थियो भने गत वर्ष यो ३४१ एमबी मात्र थियो ।

प्रकाशित: १० भाद्र २०७५, आईतवार

Comments are closed.

Loading...