डाटा दूरुपयोग आरोपमा फेसबुकद्धारा ‘माइपर्सनालिटी’ एप प्रतिबन्धित, यस्तो छ कारण

Technology Khabar १० भाद्र २०७५, आईतवार

डाटा दूरुपयोग आरोपमा फेसबुकद्धारा ‘माइपर्सनालिटी’ एप प्रतिबन्धित, यस्तो छ कारण

काठमाडौं । फेसबुकले प्रयोगकर्ताहरुको निजी जानकारी संकलन गरि दूरुपयोग गरेको भन्दै एउटा एपलाई प्रतिबतन्धित गरेको छ । कम्पनीले करीब ४० लाख यूजर्सको निजी जानकारी दूरुपयोग गरेकोमा थर्ड पार्टी एप माइपर्सनालिटी (MyPersonality) लाई प्रतिबन्ध लगाएको हो ।

फेसबुकले हालै यसको बारेमा जानकारी दिएको छ। फेसबुकका उपाध्यक्ष इम आर्चिबोंगले ब्लग पोष्टमा भने, ‘कम्पनीले यो एपलाई प्रतिबन्धित गरेको छ, जुन सन् २०१२ देखि निस्क्रिय थियो ।’

उनकाअनुसार सो एपले अडिट गर्न गरेको अनुरोधलाई अस्विकार गरेपछि माइ पसैनालिटी एपलाई प्रतिबन्धित गरिएको हो ।

कम्पनीकाअनुसार सो एपले अनुसन्धानकर्ताहरुका साथै कम्पनिहरुसँग पनि सूचनाहरु साझा गरेको र सो एपको सुरक्षा निकै सिमित मात्र रहेको थियो ।

क कसको डाटा चोरियो ?

आर्चिबोंगकाअनुसार हालसम्म माइ पर्सनालिटी एपले कुनैपनि यूजर्सको साथीको जानकारीसम्म पहुँच बनाएको प्रमाण भेर्टिएको छैन त्यसैले कसैलाई पनि यो बारेमा सूचित गरिएको छैन् । तर यस्तो जानकारी आएमा सूचित गरिनेछ । कम्पनीले यो बारेमा थप अनुसन्धान गर्ने बताएको छ ।

माइपर्सनालिटी एप क्याम्ब्रिज साइकोमेट्रिक सेन्टर (Cambridge Psychometrics Centre ) नामक एकेडेमिक संस्थाका अनुसन्धानकर्मीहरुले सिर्जना गरेका थिए । जसले व्यक्तिगत हाजिरी जवाफमार्फत फेसबुक यूजरको डेटा संकलन गर्ने गर्दथ्यो । यो सन २००७ देखि २०१२ सम्म संचालनमा थियो । यसले संकलन गरेको डाटा अध्ययनका लागि मात्र प्रयोग गरिएको थियो भने सो डाटा चाहनेले एउटा अनलाइन फर्म मार्फत आवेदन गर्नुपर्ने थियो ।

यसअघि फेसबुकले क्याम्ब्रिज एनालिटिकासँग ८.७ करोड यूजर्सको डाटा दिएको भन्दै विवाद शुरु भएको थियो । त्यसपछि फेसबुकले हालसम्म ४०० भन्दा बढि एप्सलाई आफ्नो प्लेटफर्मबाट हटाएको छ ।

TK Viber

प्रकाशित: १० भाद्र २०७५, आईतवार

Loading...