आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बिच नगद रहित सेवा सम्झौता

Technology Khabar ७ भाद्र २०७५, बिहीबार

आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज बिच नगद रहित सेवा सम्झौता

काठमाडौं । स्वास्थ्य सेवामा ग्राहकको पहुच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद रहित अन्तरंग सेवा स्वास्थ्य बीमा योजना अगाडि ल्याएको छ ।

सो सेवालाई प्रादेशिक तहमा समेत विस्तार गर्ने उदेश्यसहित आइएमई जनरल इन्स्योरेन्स र नेशनल मेडिकल कलेज वीरगंज, पर्सा विच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म नेशनल मेडिकल कलेज प्रा.लि. वीरगंज, पर्साबाट नगद रहित अन्तरंग सेवा प्राप्त हुनेछ ।

सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र नेशनल मेडिकल कलेज वीरगंज, पर्साका तर्फबाट निर्देशक अबीद हसन अन्सारीले हस्ताक्षर गरे ।

TK Viber

प्रकाशित: ७ भाद्र २०७५, बिहीबार

Loading...