ओपो एफ नाइन नेपालमा भदौ १३ गते सार्वजनिक हुने, वाटरड्रप स्क्रिन डिजाइनको पहिलो फोन

काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफ नाइन नेपाली बजारमा सार्वजनिक हुने मिति घोषणा गरेको छ । काठमाडौंमा ओपो एफ नाइन भदौ १३ गते सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको हो ।

नयाँ सेल्फी एक्स्पर्ट एफ नाइन सार्वजनिकका लागि आयोजना हुने समारोहमा ओपोले आफ्ना फ्यान मध्ये भाग्यशाली एकजनालाई समारोहमा उपस्थितीका लागि विशेष पासको ब्यवस्था गरेको छ । पासका लागि कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत ‘प्रोफाइल ब्याड्ज क्याम्पेन’को आयोजना गरेको थियो ।

अगस्ट ११ देखि २२ सम्म आयोजित सो प्रतियोगितामार्फत एक जना विजेताको छनोट गरी कम्पनीले २ जनाका लागि पास उपलब्ध गराउने जानकारी दिएको छ । विजेताले कार्यक्रममा उपस्थित भइ एफनाइन सार्वजनिक समारोहको प्रत्यक्ष हेर्ने अवसरका साथै आकर्षक गिफ्टह्याम्परपनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

ओपो एफ नाइन वाटरड्रप स्क्रिन डिजाइन सहितको उद्योगकै पहिलो ह्याण्डसेट हो । फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्क्रिनको मज्जा दिने कम्पनीको भनाइ छ ।

ओपो एफ नाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ । स्क्रिनसंग समायोजना गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहित कालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ ।

उद्योगकै अग्रगामी फ्लिप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफ नाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको कम्पनीले जनाएको छ ।

ओपो एफ नाइन को मूल्य कति होला ?

नतिजा हेर्नुहोस्

Loading ... Loading ...