थाइल्याण्डको टुवेल्भ गो ग्रुपको बस टिकट अब बससेवा डटकमबाट लिन सकिने

Technology Khabar ५ भाद्र २०७५, मंगलवार

थाइल्याण्डको टुवेल्भ गो ग्रुपको बस टिकट अब बससेवा डटकमबाट लिन सकिने

काठमाडौं ।

काठमाडौं । नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको ट्राभल कम्पनी टुवेल्भ गो ग्रुप (12 GO Group) बीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतासँगै टुवेल्भ गो ग्रुपको उपस्थिती रहेका विभिन्न मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अनलाइनबाट काट्न सकिन्छ । सम्झौतापत्रमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र टुवेल्भ गो ग्रुपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमासोभले हस्ताक्षर गरे ।

टुवेल्भ गो गु्रपको सेवा रहेका थाइल्याण्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायतका विभिन्न मुलुकबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिनेछ । योसँगै यी मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै टिकट काट्न सक्ने कम्पनीले जानकारी दियो ।

‘टुवेल्भ गो गु्रपसँगको सहकार्यले विभिन्न मुलुकबाट नेपाल आउने पर्यटक र ती मुलुकमा रहेका नेपालीले विदेशबाटै अथवा नेपालमै आइसकेपछि पनि अनलाइनबाट बिना झन्झट टिकट काट्न सक्नेछन्,’ सम्झौतापछि बससेवा डटकमका सिइओ पि.आर खनालले भने ।

बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ५ भाद्र २०७५, मंगलवार

ताजा समाचार