आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा प्रवेश

Technology Khabar ४ भाद्र २०७५, सोमबार

आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा प्रवेश
NTC_Advt

काठमाडौं ।

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवतरुपमा सञ्चालन भएको एक वर्ष पुरा भएको छ । कम्पनीले सो अवसरमा एक कार्यक्रमको आयोजना गरि प्रथम वार्षिकोत्सब मनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधात्मक उपस्थिति जनाएको बताए ।

चालु आ.व.२०७५/७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरि सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मक अभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको निति तर्जुमा गरिने र जीबन बीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवं उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

ब्यवसाय सुचारु भएको प्रथम वर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ । कम्पनीले यस आर्थिक बर्ष २०७५÷७६ मा समेत ४५ शाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवामा गुणात्मक देन दिने योजना तर्जुमा गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७४÷७५ मा रु. ५३.५० करोड बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ ।

प्रकाशित: ४ भाद्र २०७५, सोमबार