अमेरिकी प्रतिबन्ध हटेपछि पहिलो पटक जेडटिईले फ्ल्यागशिप स्मार्टफोन लन्च गर्दै

Technology Khabar ४ भाद्र २०७५, सोमबार

अमेरिकी प्रतिबन्ध हटेपछि पहिलो पटक जेडटिईले फ्ल्यागशिप स्मार्टफोन लन्च गर्दै

काठमाडौं । चिनियाँ टेक्नोलोजी कम्पनी जेडटिईले अमेरिकी प्रतिबन्ध हटेपछि पहिलो पटक आफ्नो नयाँ स्मार्टफोन विश्व बजारमा ल्याउने तयारी गरेको छ ।

अमेरिकी सरकारले चिनियाँ कम्पनीलाई अमेरिकी बजारमा कारोबार गर्न तथा अमेरिकी सामाग्रीहरु प्रयोगमा प्रतिबन्ध लगाएपछि कम्पनी निकै समस्यामा रहेको थियो तर अहिले फेरी कम्पनीले आफ्नो कारोबार शुरु गरिसकेको छ भने कम्पनीले अमेरिकी बजारमा रिब्राण्ड गरेर प्रवेश गर्ने योजना राखेको छ ।

कम्पनीले लामोसमय पछि आफ्नो ट्वीट ह्याण्डलमार्फत नयाँ फोन ल्याउन लागेको घोषणा गरेको छ । नयाँ स्मार्टफोन आईएफएमा सार्वजनिक गर्नेछ जून कार्यक्रम यहि अगस्त ३१ देखि सेप्टेम्बर ५ सम्म जर्मनीको बर्लिनमा आयोजना हुँदैछ ।

सो ट्वीटको तस्विरमा नम्बर नौ देखिएको छ जसले कम्पनीको नयाँ फ्ल्यागशिप स्मार्टफोन एक्जोन ९ (Axon 9) सार्वजनिक गर्ने तयारी गरेको बुझिन्छ ।

प्रकाशित: ४ भाद्र २०७५, सोमबार

Comments are closed.

Loading...