माइक्रोसफ्टले रक्तचाप नाप्नसक्ने स्मार्ट ग्लास बनाउँदै, अप्टिकल सेन्सर्स जडित

Technology Khabar ४ भाद्र २०७५, सोमबार

माइक्रोसफ्टले रक्तचाप नाप्नसक्ने स्मार्ट ग्लास बनाउँदै, अप्टिकल सेन्सर्स जडित

काठमाडौं ।

काठमाडौं । माइक्रोसफ्टले स्मार्ट ग्लासको नयाँ भर्सन विकसित गर्न लागेको छ । यसअघि कम्पनीले बजारमा स्माटृ ग्लास सार्वजनिक गरेकामा अहिले रक्तचाप नाप्नसक्ने किसिमको चश्माको रुप विकास गर्न लागेको हो ।

नयाँ स्मार्ट ग्लासको नाम ग्लाबेला राखिएको छ । यो चश्मा रक्तचाप नाप्ने अन्य कुनै डिभाइसको तुलनामा लगाउन र प्रयोग गर्न निकै सजिलो हुने बताईएको छ ।

रिपोर्टअनुसार यो डिभाइसमा यस्तो अप्टिकल सेन्सर्स हुनेछ, जसले यूजर्सको कुनैपनि प्रकारको इन्टर्याक्सन बिना नै काम गर्नेछ ।

परम्परागत तरिकाले रक्तचाप जाँच गर्नको लागि हातको पाखुरामा पट्टी बाँधेर त्यसलाई मशीनसँग जोडेर रिडिंग गर्ने गरिन्छ । तर यो चश्मा लगाएपछि लगातार रक्तचापको रिडिंग सजिलोसँग लिन सकिनेछ ।

नयाँ डिभाइसको बारेमा एसीएम जर्न अफ इन्ट्रयाक्टिभ, मोबाइल, वियरेबल तथा यूबिक्विटिस टेक्नोलोजीमा शोध पत्र प्रकाशित गरिएको छ ।

आईईईई स्पेक्ट्रमको एक रिपोर्टअनुसार कुनैपनि व्यक्तिको मुटुको धड्कनको बीचको समय वा पल्स ट्रान्जिट टाइमको गणनाबाट अप्रत्यक्षरुपमा रक्तचापको गणना गर्न सकिन्छ ।

माइक्रोसफ्टको नयाँ स्मार्ट ग्लासले परीक्षणको समयमा निकै राम्रो काम गरेको थियो तर यो डिभाइस बजारमा आउन भने अझै समय लाग्नेछ ।

easy care

प्रकाशित: ४ भाद्र २०७५, सोमबार