सामसुङ ग्यालेक्सी नोट ९ को प्रि–वुकिङ खुला, यस्तो छ बुकिङ अफर

Technology Khabar १ भाद्र २०७५, शुक्रबार

सामसुङ ग्यालेक्सी नोट ९ को प्रि–वुकिङ खुला, यस्तो छ बुकिङ अफर
Classic Tech

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट ९ (Galaxy Note 9) स्मार्टफोनको लागि प्रि–वुकिङ खुला गरेको छ । अगष्ट ९ मा यो श्रृंखलाको नोट न्यूयोर्कबाट संसारभरका लागि सुरुवात गरिएको थियो ।

यो प्रिमियम स्मार्टफोन हो जसमा ४,००० एमएएच व्याट्री रहेको छ जसले अन्तिमसम्म पनि काम गर्ने गर्दछ र यसखाले व्याट्री अहिलेसम्मकै नयाँ, ठूलो र प्रमुख हो भने यसमा नयाँ एस पेन कनेक्टीभिटी रहेको छ जुन प्रविधी स्मार्टफोनमा पहिलो पटक प्रयोग भएको हो।

अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट क्यामराको व्यवस्था समेत यसमा रहेको कम्पनीले जानकारी दिएको छ ।

ठूलो एज टु एड डिस्प्ले सो स्मार्टफोनमा रहेको छ। ६.४ इन्चको सूपर एमालेड इन्फिनिटी Super AMOLED Infinity डिस्प्लेले मल्टी मिडियाको अनुभव दिलाउँछ।

त्यसै गरी, यसमा स्टेरिओ स्पीकर समेत रहेका छन् र यसले डल्वी एटमस अडियोको अनुभव दिन्छ जसले वास्तविक जीवनको जस्तै अनुभव दिने गर्दछ । यो फोनले पिसीको जस्तै अनुभव दिलाउँछ जसमा सामसुङ डेक्स रहेको हुन्छ । यसलाई प्रयोगकर्ताले आफ्नो प्रस्तुति, फोटो सम्पादन र आफूलाई मन लागेको कुनै पनि शो हेर्न सक्छन्।

‘यसको डिजाइन नै एक तहको परफरमेन्स, पावर र इन्टिलिजेन्सलाई दृष्टिगत गरेर गरिएको छ र अहिले उर्जाको अवस्था र उपभोक्ताको आवश्यकता र चाहनलाई पनि ख्याल गरिएको छ । नोटको प्रशंसक सामसङप्रति एकदमै निष्ठावान् छन् र उनीहरु के चाहन्छन् हामीलाई राम्रोसँग थाहा छ,’ सामसङ नेपालको मोवाइल विजनेसका प्रमुख प्रणय रत्न स्थापितले भने ।

प्रि-वुक अफर

प्रि-वुकको अफर विभिन्न एक्साइटिङ डिलहरुसँग प्याक गरिएको छ । ग्यालेक्सी विशेषत तीन फरक रंगमा पाइने छ– मिडनाइट ब्ल्याक, ओसल व्लु र मेटालिक कपर १ लाख ९ हजार ९ सय रुपैयाँमा उपलब्ध हुनेछ । सामसुङका व्राण्ड पसल र खुद्रा पसलमा प्राप्त गर्न सकिन्छ ।

प्रि-वुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरिक्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ कर्भ मोनिटर प्रदान गरिने छ । प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन् जुन निम्न प्रकारका रहेका छन्ः

-१८०० एमवी प्रमोसनल एनसेलको डाटा

-शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुटसम्वन्धी बीमाको व्यवस्था

यति मात्र होइन पहिला नै वुकिङ गर्नेहरुको विचमा लक्की ड्र गरिने छ । पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आतेजाते टिकट उसले चाहेको गन्तव्यको प्राप्त गर्ने छन् भने रनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टमा दुई दिन वस्ने पाउने अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी नोट ९ यो ठेगानामा गएर प्रि-वुकिङ गर्न सकिन्छ- www.note9prebooking.com

TK Viber

प्रकाशित: १ भाद्र २०७५, शुक्रबार

Loading...