ओपोको नयाँ स्मार्टफोन एफ नाइन सार्वजनिक, २५ मेगापिक्सेलको सेल्फी क्यामरा

Technology Khabar ३१ श्रावण २०७५, बिहीबार

ओपोको नयाँ स्मार्टफोन एफ नाइन सार्वजनिक, २५ मेगापिक्सेलको सेल्फी क्यामरा
Classic Tech

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ नाइन (Oppo F9) सार्वजनिक गरेको छ । कम्पनीले सो स्मार्टफोन चीनमा लन्च गरेको हो ।

कम्पनीले यसअघि सार्वजनिक गरेको एफ सेभेनको अपग्रेडको रुपमा नयाँ स्मार्टफोन ल्याएको हो ।

सो स्मार्टफोनमा ६.३ इन्चको नोच डिस्प्ले राखिएको छ भने यसलाई पनि सेल्फी केन्द्रित स्मार्टफोनको रुपमा ल्याएको छ ।

ओपो एफ नाइनमा हेलियो पी ६० प्रोसेसर छ भने एआरएम माली जी ७२ जीपीयू प्रोसेसर राखिएको छ । फोनमा ४ जीबी र्याम तथा ६४ जीबीको स्टोरेज छ ।

ड्यूल रियर क्यामरा सेटअप रहेको सो फोनमा १६ प्लस २ मेगापिक्सेलको क्यामरा राखिएको छ भने सेल्फीका लागि २५ मेगापिक्सेलको सेल्फी सुटर रहेको छ ।

फोनमा वाईफाई, ब्लूटूथ, जीपीएस, ड्यूल सिम, फोरजी भीओएलटिई तथा माइक्रो यूएसबी पोर्ट राखिएको छ ।

एन्ड्रोयड ओरियो ८.१ भर्सनमा आधारित यो फोनमा ३,५०० एमएएचको ब्याट्री प्याक छ । फोनमा भीओओसी (VOOC) फास्ट चार्जिंग सिस्टम सपोर्ट गर्दछ ।

यो स्मार्टफोन अन्य मुलुकहरुमा पनि छिटै आउने छ भने नेपाली बजारमा अगस्त अन्तिम साता सार्वजनिक हुनेछ ।

यो फोन ६ जीबी र्याम भर्सनमा पनि उपलब्ध छ । हाल प्रि अर्डरको लागि उपलब्ध फोनको मूल्य करिब ३३० अमेरिकी डलर तोकिएको छ ।
ओपो एफ नाइन सनराइज रेड, ट्वाइलाइट ब्लू र स्टेरि पर्पल कलर अप्सनमा उपलब्ध हुनेछ ।

TK Viber

प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार

Loading...