निसान गाडीहरूका लागि एक्सचेन्ज क्याम्प आयोजना

Technology Khabar ३१ श्रावण २०७५, बिहीबार

निसान गाडीहरूका लागि एक्सचेन्ज क्याम्प आयोजना

काठमाडौं ।

काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि एक्सचेन्ज मेला आयोजना गरेको छ । साउन २८ गते बाट सुरू गरिएको यो मेला देशव्यापिरूपमा भाद्र ४ गते सम्म लगिने जानकारी कम्पनिले दिएको छ ।

“हाल निसान गाडीलाई लिएर आम जनमानसमा उत्सुकता र जिज्ञासा बढेको हामीले जानकारी पाएका छौँ । हाम्रा ग्राहकहरूको मागलाई बुझेर हामीले यो एक्सचेन्ज मेला आयोजना गरेका हौँ, पायोनियर मोटो कर्पका व्यवस्थापन निर्देशक सन्दिप सारदाले भने ।

यो मेलामा ग्राहकहरूले ३ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस छुट, तथा थुप्रै उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ । मेलामा नै पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन पनि गरिनेछ । त्यसै गरी मेलामा तुरून्तै किस्ताबन्दीको सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

Global Bank
easy care

प्रकाशित: ३१ श्रावण २०७५, बिहीबार