सेल्फी खिच्दा खोज्दा हुम्लामा हेलिकप्टरको पंखाले लागेर एककाे मृत्यु

Technology Khabar २९ श्रावण २०७५, मंगलवार

सेल्फी खिच्दा खोज्दा हुम्लामा हेलिकप्टरको पंखाले लागेर एककाे मृत्यु
प्रतिकात्मक तस्विर

काठमाडौं ।

काठमाडौं । हामीमध्ये अधिकांशलाई स्मार्टफोनबाट सेल्फी खिच्ने रहर हुन्छ । कतिपय मानिसहरु जहाँ पायो त्यहिँ र बेला न कुबेला सेल्फी खिच्ने गर्दछन्, जसले जोखिम निम्त्याईरहेको हुन्छ । यस्तै दुर्घटना हालै हुम्ला जिल्लामा घटेको छ । सेल्फी खिच्दा हेलिकप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ ।

हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीय पर्यटकको मृत्यु भएको छ।

मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट सोही हेलिकप्टरमा हिल्सा गएका भारत महाराष्ट्रका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहतालाई हेलिकप्टरको पंखाले काट्दा मृत्यु भएको हो ।

नागरिक उड्यन कार्यालय हुम्लाका प्रमुख गौरी शंकर दाहालकाअनुसार हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि अपरान्ह सवा ३ बजे ओर्लिने क्रममा मेहताले सेल्फी खिच्न पछाडितिर गएका बेला हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको हो।

मृतक हेलिकोप्टर अवतरण भइसकेपछि अन्य यात्रुलाई पठाएर हेलिकोप्टरको पछाडिको पंखा(टेल रोटर) छेउमा सेल्फी लिन जाँदा सो घट्ना घटेको बताईएको छ ।

मेहता मुम्बइको एक्प्लोर कैलास ट्रेक प्राइभेट लिमिटेडबाट मानसरोबर जाँदै गरेका तिर्थयात्री हुन् ।

हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रूपमा क्षति भएको छ। क्षति भएको हेलिकप्टर लिन फिस्टेल एयरको हेलिकप्टर पठाइएको उनले जानकारी दिए।

हेलिकप्टर सिमिकोटबाट उडेर नाख्या-१ को हेलिप्याडमा ल्यान्ड भएको थियो। उनको शव सिमिकोट ल्याउन लागिएको प्रहरीले जनाएको छ।

स्रोत

easy care

प्रकाशित: २९ श्रावण २०७५, मंगलवार

ताजा समाचार