हुवाई नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोन साउन ३० गतेदेखि बिक्रीका लागि उपलब्ध

काठमाडौँ । नेपाली बजारमा ह्वावे नोभा थ्री तथा नोभा थ्री आई स्मार्टफोनको ब्रिकी यही बुधबार श्रावण ३० गतेबाट सुरु हुने भएको छ ।

हुवाई नोभा सिरिजका पछिल्ला फोनहरूको अग्रिम बुकिङ साउन २७ गतेसम्म भइरहेकोमा बुधवारदेखि बिक्री शुरु हुने भएको हो ।

नोभा थ्री तथा नोभा थ्री आईको बुकिङ अनलाइन सपिङ साइट दराज डटकम Daraz.com ह्वावेको आधिकारिक फेसबुक पेजबाट पनि गरीएको कम्पनीले जानकारी दिएको छ ।

नोभा सिरिजअन्तर्गतको नयाँ स्मार्टफोनहरूको अग्रिम बुकिङ गरेका ग्राहकहरूले स्वतः नोभा थ्रीको पोर्टेबल प्रिन्टर तथा नोभा थ्री आईको पोर्टेबल स्पीकर प्राप्त गरेका छन् ।

नोभा थ्रीको बजार मूल्य ५९ हजार ९सय रुपैयाँ रहेको छ भने नोभा थ्री आईको मूल्य ३८ हजार ९ सय रुपैयाँ रहेको छ । दुवै स्मार्टफोनमा २४ एमपीको प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरासहित दुईवटा फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।