सामसंगको ग्यालेक्सी नोट नाइन नेपाल आउँदै, १२८ जीबी संस्करण मात्र उपलब्ध हुने

Technology Khabar २८ श्रावण २०७५, सोमबार

सामसंगको ग्यालेक्सी नोट नाइन नेपाल आउँदै, १२८ जीबी संस्करण मात्र उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं । सामसंगले हालै विश्व बजारमा सार्वजनिक गरेको ग्यालेक्सी नोट नाइन (Galaxy Note 9)नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।

कम्पनीले नेपाली बजारमा यो फोन लन्च गर्ने तयारी यसअघि नै शुरु गरिसकेको छ ।

सामसंग ग्यालेक्सी नोट नाइन हाल अमेरिकी, भारतीय बजारमा प्रि-बुकका लागि उपलब्ध छ भने छिमेकी मुलुक भारतमा पनि छिटै सार्वजनिक हुँदैछ । भारतीय बजारमा यो फोन अगस्त २२ तारिखमा उपलब्ध हुने जानकारी यसअघि नै आईसकेको छ । कम्पनीले हाल प्रि-बुकिंग गरिरहेको छ भने प्रि बुकिंग गर्नेहरुलाई विभिन्न अफर पनि दिएको छ ।

सामसंगले नेपाली बजारमा भने त्यसपछिमात्र नोट नाइन उपलब्ध गराउने छ । कम्पनीसँग नजिक स्रोतले ग्यालेक्सी नोट नाइन अगस्त २३ देखि अगस्त २५ को बिचमा नेपालमा सार्वजनिक हुने जानकारी दिएको छ ।

स्रोतकाअनुसार नोट नाइनको प्रि-बुकिंग छिटै खुल्ने छ भने विभिन्न अफरहरु पनि साथमा उपलब्ध गराउने छ ।

कम्पनीले नेपाली बजारमा १२८ जीबी आन्तरिक स्टोरेज भएको नोट नाइन ल्याउने छ जसमा ६ जीबी र्याम हुनेछ । तर अर्को भेरिएन्ट ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको फोन नेपालमा आउँछ वा आउँदैन भन्ने केहि जानकारी छैन् ।

कति पर्ला मूल्य

हाल नेपाली बजारमा आउने १२८ जीबी भेरिएन्टको नोट नाइनको मूल्य बाहिर आएको छैन् । तर यसको मूल्य १ लाख भन्दा केहि माथि हुनेछ । यसअघि गत वर्ष सार्वजनिक भएको ग्यालेक्सी नोट एटको मूल्य १ लाख ३ हजार रुपैयाँ रहेको थियो ।

‘नोट नाइनको मूल्य बाहिर आएको छैन तर पनि १ लाख १० हजार जति पर्न सक्छ,’ कम्पनी सम्बद्ध स्रोतले भन्यो ।

गत वर्षको नोट एटको मूल्य र छिमेकी मुलुक भारतमा नोट नाइनको तोकिएको मूल्य हेर्ने हो भने नेपाली बजारमा नोट नाइनको मूल्य १ लाख ८ हजारको हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । यस बारेमा थप जानकारी भएमा हामी तपाईँलाई दिने नै छौं ।

अपडेट : सामसंगका नेपाल कार्यालय स्थीत एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा ग्यालेक्सी नोट नाइन अगस्तको अन्तिममा मात्र नेपाली बजारमा सार्वजनिक हुने दाबी गरे ।

उनकाअनुसार भारतीय बजारमा अगस्त २४ पछि मात्र आधिकारिकरुपमा फोन उपलब्ध हुने हुँदा नेपाली बजारमा त्यो मितिपछि मात्र फोन आउने छ ।

यसैबिच सामसंगले ग्यालेक्सी नोट नाइनबाट धेरै अपेक्षा राखेको हुँदा नेपाली बजारमा पनि त्यसको प्रबद्र्धनात्मक कार्यलाई तिब्रता दिने बताईएको छ । सोहि आधारमा कम्पनीले नोट नाइनको लागि ब्लगर्स मिट समेत गर्ने तयारी गरेको छ ।

easy care

प्रकाशित: २८ श्रावण २०७५, सोमबार