Technology Khabar २८ श्रावण २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । एनसेलले मिदास एजुकेसन प्रालिसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको शुरुवातसँगै एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य/दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको ठूलो संग्रहबाट लाभ लिन सक्ने कम्पनीले जानकारी दिएको छ।
मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एउटा प्लेटफर्म हो । यहाँ उपलब्ध हुने पाठ्यक्रमहरु श्रव्य/दृश्यमा आधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुचीपुर्वक सिक्न सक्छन् ।
यस सेवामा प्लेग्रुप देखि कक्षा दश सम्ममा अध्ययन गर्ने विद्यार्थीहरुका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु रहेको छन् । साउन २८ गते देखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन् ।
जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्रीहरु जस्तै विषेश भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठहरु लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन् ।
ग्राहकले गुगल प्लेस्टोरबाट यो एप डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी एप चलाउन सक्नेछन् । यस एपमार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवा भित्र रहेको कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्ने बताईएको छ ।
एनसेलका ग्राहकले यो सेवा सुचारु गरेको दिनदेखि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोग तथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्क लाग्नेछ । एपमार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनि आवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: २८ श्रावण २०७५, सोमबार