ओपो एफनाइन सार्वजनिक हुने, वाटरड्रप स्क्रिन सहितको उद्योगकै पहिलो ह्याण्डसेट

Technology Khabar २७ श्रावण २०७५, आईतवार

ओपो एफनाइन सार्वजनिक हुने, वाटरड्रप स्क्रिन सहितको उद्योगकै पहिलो ह्याण्डसेट
NTC_Advt

काठमाडौं ।

काठमाडौं । ओपोले एफसिरिज अन्तर्गत नयाँ संस्करण ओपो एफनाइन (Oppo F9) सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीकाअनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ।

फोनको अधिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाई छ ।

ओपो एफनाइनमा ९०.८ रेसियो सहितको १९.५ः९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउने कम्पनीले उल्लेख गरेको छ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकैसाथ उपलब्ध गरिएको छ ।

नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षकरुप पनि प्रदान गरेको छ । स्क्रिनसंग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्मसहित कालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ ।

उद्योगकै अग्रगामी फ्लिपएलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्यापएप्रोचिङ डिजाइनलगायत ४६ ओटा प्याटेन्ट सहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको कम्पनीले जनाएको छ ।

यो पनि हेर्नुहोस् –

ओपो एफ नाइन अगस्त १५ मा सार्वजनिक हुने, फास्ट चार्जिंगका साथै एआई चिपसेट प्रयोग

प्रकाशित: २७ श्रावण २०७५, आईतवार