एनआईसी एशिया बैंङ्क र जनरल इन्स्योरेन्स कम्पनी बीच बैङ्कासुरेन्स सम्झौता

Technology Khabar २७ श्रावण २०७५, आईतवार

एनआईसी एशिया बैंङ्क र जनरल इन्स्योरेन्स कम्पनी बीच बैङ्कासुरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । एनआईसी एशिया बैंङ्क र जनरल इन्स्योरेन्स बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । बैङ्कका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्वन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्ने बताईएको छ ।

हाल बैङ्कले देशभर २ सय ३३ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्शन काउण्टर तथा १५ शाखारहित बैङ्किङ एकाई मार्फत वित्तीय सेवा दिँदै आएको छ । गत असार मसान्त सम्म बैङ्कले १ खर्व ४९ अर्ब निक्षेप सङ्कलन गरी १ खर्ब २० अर्व रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएको छ ।

easy care

प्रकाशित: २७ श्रावण २०७५, आईतवार