डिजिटल वालेट ‘प्रभु पे’ संचालनमा, एप डाउनलोड गर्दा वालेटमा ३० रुपैँया पाईने

Technology Khabar २४ श्रावण २०७५, बिहीबार

डिजिटल वालेट ‘प्रभु पे’ संचालनमा, एप डाउनलोड गर्दा वालेटमा ३० रुपैँया पाईने

काठमाडौं ।

काठमाडौं । प्रभु ग्रुपले ‘प्रभु पे’ नामक मोबाइल पेमेन्ट सेवा (डिजिटल वालेट) संचालनमा ल्याएको छ । कम्पनीले संचालनमा ल्याएको उक्त सेवा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित बिहीबारबाट संचालनमा ल्याएको हो ।

सो सेवामार्फत बैंकबाट पैसा ट्रान्सफर गर्न मिल्नुका साथै बिजुली, पानी, टेलिभिजन लगायतका सेवाको बिल भुक्तानी गर्न सकीने कम्पनीले जानकारी दिएको छ । साथै किनमेलमा पैसा तिर्न, मोबाईलको रिचार्ज गर्न तथा बैंकमा डिपोजिट गर्न पनि सकिने बताईएको छ। युनियन पे तथा क्यु आर कोड स्क्यान गरेर पनि पैसा तिर्न सकिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

सो सेवाको एप डाउनलोड गर्ने वित्तिकै आफ्नो मोबाइल वालेटमा ३० रुपैया जम्मा हुने र सो सेवा अन्य साथीलाई रिफर गरेमा थप ३० रुपैया जम्मा हुनुका साथै उक्त रिफर एसेप्ट गर्ने साथीको मोबाईल वालेटमा पनि ३० रुपैयाँ जम्मा हुने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रभु पेले ग्राहकलाई १० लाख रुपैयाको दुर्घटना बीमाको सुविधा पनि दिने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २४ श्रावण २०७५, बिहीबार