आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंक बीच बैंकान्स्योरेन्स सम्झौता

Technology Khabar २४ श्रावण २०७५, बिहीबार

आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंक बीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र नेपाल बंगलादेश बैंक बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्य र बैंकका नायब कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकका ग्राहकले बैंकका सबै शाखामार्फत इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउन सक्नेछन् ।

इन्स्योरेन्सले ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, आजिवन लगायतका १० बीमा योजना ल्याएको जनाएको छ ।

easy care

प्रकाशित: २४ श्रावण २०७५, बिहीबार