ओपो एफ नाइन अगस्त १५ मा सार्वजनिक हुने, फास्ट चार्जिंगका साथै एआई चिपसेट प्रयोग

Technology Khabar २४ श्रावण २०७५, बिहीबार

ओपो एफ नाइन अगस्त १५ मा सार्वजनिक हुने, फास्ट चार्जिंगका साथै एआई चिपसेट प्रयोग

काठमाडौं ।

काठमाडौं । ओपोले आधिकारिकरुपमा नै नयाँ स्मार्टफोन ओपो एफ नाइन (Oppo F9) यहि अगस्त १५ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यो फोनलाई भियतनाम र फिलिपिन्स बजारमा पहिलो चरणमा सार्वजनिक गर्नेछ ।

कम्पनीले ल्याउने नयाँ स्मार्टफोनमा भीओओसी (VOOC) चार्जिंग, ड्यूल रियर क्यामरा सेटअपका साथमा निकै सानो नोच डिस्प्ले राखिएको छ । ओपो नाइनमा ५ भोल्टको फास्ट चार्जिग राखिएको छ जून अहिलेसम्म ओपो एफ सिरिजमा राखिएको थिएन् । यो प्रविधिले स्मार्टफोनको ब्याट्रीलाई ३० मिनेटमा ५० प्रतिशतभन्दा बढि चार्ज गर्दछ ।

ओपो एफ नाइनमा ६.३ इन्चको फूलएचडी प्लस स्क्रीन राखिएको छ जसको रिजोल्यूशन २२८०x१०८० पिक्सेल रहेको छ । कम्पनीले यसलाई ओपोको पहिलो वाटरड्रप स्क्रीनको रुपमा उल्लेख गरेको छ । यसको डिस्प्लेमा त्रिभुजाकाररुपमा सानो नोच राखिएको छ, जसमा सेल्फी क्यामरा राखिएको छ । फ्रन्ट स्पीकरलाई यसको पातलो बेजेलमा नै समावेश गरिएको छ ।

एफ नाइनका साथमा कम्पनीले ग्रेडिएन्ड डिजाइन पनि लन्च गर्नेछ । जसमा उज्यालो बेलामा पनि फोनको कलर परिवर्तन भएको देखिनेछ । कम्पनीले सनराइज रेड,, ट्वीलाइट ब्लू, र स्टारी पर्पल कलर अप्सनमा फोन लन्च गर्नेछ ।

ओपो एफ नाइनमा २.० गीगाहर्जको हेलियो पी ६० अक्टा कोर प्रोसेसर राखिएको छ भने फोनमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज राखिएको छ । फोनमा १६ प्लस २ मेगापिक्सेलको ड्युल रियर क्यामरा छ भने फ्रन्टमा २५ मेगापिक्सेलको सेल्फी क्यामरा छ ।

यसमा ३,५०० एमएएचको ब्याट्री प्याक राखिएको छ । त्यस्तै ड्युल सिम कार्ड समेत हुने बताईएको छ ।

भियतनामको बजारमा यो फोनको मूल्य करिब ३४५ अमेरिकी डलर तोकिएको छ । फोन १५ अगस्त देखि प्रि-अर्डरका लागि उपलब्ध हुने र २४ तरिखदेखि बजारमा आउने बताईएको छ ।

ओपोको नयाँ फोन एफ नाइन नेपालमा आउँछ वा आउँदैन भन्ने अहिलेसम्म केहि जानकारी छैन तर कम्पनीले एफ सिरिजमा सार्वजनिक भएका सबै फोनहरु नेपाली बजारमा ल्याईसकेको छ त्यसैले यो फोन पनि नेपालमा पक्कै उपलब्ध हुनेछ । त्यसको बारेमा केहि जानकारी भए हामी उल्लेख गर्नेछौं ।

easy care

प्रकाशित: २४ श्रावण २०७५, बिहीबार