यी प्रमुख ५ गल्ति गर्दै नगर्नुस, नत्र स्मार्टफोनको ब्याट्रीमा आउँछ समस्या

Technology Khabar २३ श्रावण २०७५, बुधबार

यी प्रमुख ५ गल्ति गर्दै नगर्नुस, नत्र स्मार्टफोनको ब्याट्रीमा आउँछ समस्या

काठमाडौं । नयाँ स्मार्टफोन होस वा पुरानो स्मार्टफोन ब्याट्री त्यसको सबैभन्दा महत्वपूर्ण र अभिन्न अंग हो । स्मार्टफोनले ब्याट्री अधिक खपत गर्ने हुँदा प्रयोगकर्ताहरुलाई सँधै ब्याट्री चार्ज गर्ने समस्या आईरहन्छ । तर केहि सामान्य विषयहरुमा ध्यान दिने हो भने ब्याट्रीलाई थप अवधिसम्म बचाउन सकिन्छ ।

अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले गरेको केहि गल्तिले गर्दा स्मार्टफोनको ब्याट्री बिग्रन सक्दछ त्यसमा ध्यान दिनुपर्दछ । हामी यहाँ केहि प्रमुख गल्तिहरुको बारेमा जानकारी दिन्छौं जून तपाईँले यो पढिसकेपछि सच्याउनु हुनेछ ।

अपडेट नहुने

यदि तपाईले आफ्नो फोन वा एप्सको अपडेट गर्नुहुन्न भने तपाईँको फोन ह्याकर्स वा भाइरसले आक्रमण गर्न सक्दछ । बिना अपडेट नगरि फोन वा एप्समा बग देखिन सक्दछ जसले गर्दा तपाईँको फोनको डाटा चोरी हुने त हुन्छ नै त्यसले फोनको ब्याट्री पनि तात्नेछ । यस्तोमा ब्याट्रीको परफरमेन्समा खराब असर पर्दछ । त्यसैले नियमितरुपमा सफ्टवेयर तथा एप्सको अपडेट गर्नु आवश्यक छ ।

फोनको ब्याट्री फुल डिस्चार्ज हुने

अधिकांश स्मार्टफोन प्रयोगकर्ताहरुले फोनको ब्याट्री पुरै सकिनेबेलासम्म फोन चलाईरहेका हुन्छन् । फोनको ब्याट्री लामो अवधिसम्मका लागि टिकाउन ब्याट्री फुल डिस्चार्ज अर्थात ब्याट्री सकिनु भन्दा पहिले नै चार्ज गर्नुहोस् । फुल डिस्चार्जले फोनको परफरमेन्समा असर पार्दछ । कयौं पटक यस्तो हुँदा फोनमा ब्याट्री कमजोर हुन्छ । यस्तोमा तपाईँको ब्याट्री फुल डिस्चार्ज हुनुभन्दा करिब १५ प्रतिशत बाँकी हुँदा नै फोनलाई चार्जमा राख्नुहोस् ।

सस्तो ब्याट्रीको प्रयोग

तपाईँ महंगो स्मार्टफोन बोक्नुहुन्छ तर त्यसको ब्याट्री फेर्नेबेलामा भने सस्तो मुल्यको ब्याट्री खोज्दै हिड्नुहुन्छ । धेरैजसो प्रयोगकर्ताहरुले यस्तो गल्ति गर्ने गर्दछन् । फोनमा कहिलेपनि लोकल ब्याट्रीको प्रयोग नगर्नुहोस् । स्मार्टफोनमा वा ब्याट्रीमा कुनै समस्या आएको शंका हुन्छ भने आधिकारिक सर्भिस सेन्टरमा मात्र देखाउनुहोस् । यसका साथमा सस्तो र लोकल चार्जरबाट फोन चार्ज गर्नुहुन्छ भने त्यसले तपाईँको स्मार्टफोन र ब्याट्री दुबैमा समस्या ल्याउँछ । सस्तो ब्याट्री र चार्जरले दुर्घटना समेत निम्त्याउँछ । साथै फोनेको विभिन्न पार्टसहरुमा पनि समस्या ल्याउँछ ।

ब्याट्री तात्ने बाट बच्नुहोस्

फोन तात्नु धेरैजसोलाई सामान्य विषय लाग्दछ । तर अधिक तातेमा त्यसले फोन र ब्याट्री दुबैमा असर पार्दछ । ब्याट्री अत्यधिक तात्दा फोन तात्ने गर्दछ । चार्ज गरिरहेको बेलामा तात्नेको छ भने त्यो सामान्य अवस्था हुन्छ तर अश्वाभाविकरुपमा तातेको जस्तो लाग्दछ भने तत्काल सर्भिस सेन्टर जानुहोस् ।

त्यस्तै फोनमा निरन्तर गेम खेल्ने, भिडियो हेर्ने, लगातार घटौं अवधिसम्म कुराकानी गर्दा ब्याट्री तात्ने समस्या हुन्छ । त्यस्तो बेलामा फोनलाई अफ गर्नुहोस वा त्यसको सबै फंग्सन केहि बेरसम्मका लागि बन्द गर्नुहोस् ।

चार्जिगको समयमा यी काम नगर्नुस्

तपाईँले स्मार्टफोन चार्ज गरिरहनुभएको छ भने त्यस्तो बेलामा गेम खेल्दै नखेल्नुस् । यसका साथै चार्जिंग गरिरहेको बेलामा फोनमा कुराकानी समेत नगर्नुस् । यस्ता कार्यहरुले दुर्घटनासमेत ल्याउँछ ।

फोन चार्जमा राखेको बेलामा त्यसलाई सुरक्षित राख्नुहोस र फोनमा केहि नचलाउनुहोस् ।

प्रकाशित: २३ श्रावण २०७५, बुधबार

Comments are closed.

Loading...