टम्बो मोबाइल नेपाली बजारमा, सबै फोनमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि

Technology Khabar २१ श्रावण २०७५, सोमबार

टम्बो मोबाइल नेपाली बजारमा, सबै फोनमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि
Classic Tech

काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो मोबाइल प्रवेश गरेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो मोबाइलले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली बजारमा आएको घोषणा गरेको छ ।

टम्बो मोबाइलले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, यी मोबाइल फोनहरु अब नेपाली बजारमा पनि उपलब्ध भएको छ ।

टम्बो मोबाइल नेपाली बजारमा शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउने छ । स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्नेतयारी गरेको छ, जून सस्तो मुल्यमा आउनेछ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दियो ।

टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने ।

‘नेपालमा टम्बो मोबाइलका फोनहरु ल्याउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, नेपाली उपभोक्ताहरुले सस्तो मूल्यमा गुणस्तरीय फोनहरु खरिद गर्न पाउनेछन् । आगामी दिनमा पनि हामी ग्राहकहरुको रुचीअनुसारका टम्बो ब्राण्डका फोनहरु नेपालमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं,’ टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले भने ।

टम्बो मोबाइलका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् ।

यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर रहेको कम्पनीले जानकारी दिएको छ ।

TK Viber

प्रकाशित: २१ श्रावण २०७५, सोमबार

Loading...