सामसंगले सार्वजनिक गर्ने ग्यालेक्सी नोट नाइन यस्ता विशेषतासहित आउँदै

Technology Khabar २१ श्रावण २०७५, सोमबार

सामसंगले सार्वजनिक गर्ने ग्यालेक्सी नोट नाइन यस्ता विशेषतासहित आउँदै
Global IME Bank

काठमाडौं ।

काठमाडौं । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट नाइन (Galaxy Note 9) यहि अगस्ट ९ तारिखमा सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्ने यो स्मार्टफोनको बारेमा धेरै विषयहरु बाहिर आएका छन् । यो स्मार्टफोनको विशेषताहरु, रिलीज डेट र मूल्यको बारेमा समेत जानकारी बाहिर आएको छ ।

सामसंगले अगस्त ९ तारिखमा न्यूयोर्कको बार्क्लेज सेन्टरमा आयोजना गर्ने कार्यक्रममा यो स्मार्टफोन सार्वजनिक गर्नेछ ।

सामसंगले आफ्नो यूट्यूब पेजबाट पनि यो इभेन्ट लाइभ गर्दैछ । नेपालमा भने यो लाइभ कार्यक्रम बेलुका करिब ८ः४५ बजेदेखि शुरु हुनेछ ।

डिजाइन

ग्यालेक्सी नोट नाइनको डिजाइन लुक यसअघिको नोट ८ सँग निकै नै मिल्दो छ । तर नयाँ फोनमा केहि परिवर्तन हुने अनुमान गरिएको छ । यसको फ्रन्ट प्यानल नोट ८ जस्तै देखिएपनि नोट नाइनको ब्याक डिजाइन भने निकै फरक रहेको छ ।

ग्यालेक्सी नोट ९ मा क्यामरा सेटअप होरिजन्टल सेटअपमा आउनेछ भने यसको फिंगरप्रिन्ट सेन्सर क्यामरा मोड्यूलको ठिक मुनी हुनेछ ।

स्पेसिफिकेशन

स्मार्टफोनमा ६.४ इन्चको क्यूएचडी प्लस सूपर एमालेड डिस्प्ले दिईएको छ, जून १८ः५ः९ एस्पेक्ट रेशियोका साथमा आउँछ । यो स्मार्टफोनमा अमेरिका र यूरोपका केहि देशहरुमा स्न्यापड्रागन ८४५ चीपसेटका साथ लन्च गरिने छ भने नेपाल लगायतका एशियाली र अन्य मुलुकहरुमा भने सामसंगको आफ्नै एक्सनोज ९८१० प्रोसेसरका साथ सार्वजनिक गरिनेछ ।

यो स्मार्टफोनमा ८ जीबी र्याम हुने चर्चा निकै अघिदेखि रहेपनि बेन्चमार्क लिस्टंगमा ६ जीबी र्यामको भेरिएन्ट देखिएको थियो ।

ग्यालेक्सी नोट नाइन तीन स्टोरेज अप्सन हुनेछ जून १२८ जीबी, २५६ जीबी र ५१२ जीबीका साथमा आउने संभावना रहेको छ । यसका साथै हाइब्रीड माइक्रोएसडी कार्ड स्लटका साथमा आउने अनुमान गरिएको छ।

ग्यालेक्सी नोट ९ क्यामरा

नोट ९ को अहिलेसम्म आएको रेंडर्सकाअनुसार यसमा ग्यालेक्सी एस नाइन प्लसको जस्तै ड्यूल एपेर्चर क्यामरा हुनेछ । यसको प्राइमरी सेन्सर १२ मेगापिक्सेल र अर्को सेन्सर पनि १२ मेगापिक्सेलको हुनेछ । क्यामरा २एक्स लसलेस जूम तथा आईओएसका लागि एउटा टेलीफोटो लेन्स हुनेछ ।

नोट नाइनमा एचडी रिजोल्यूशनमा ९६० फ्रेम प्रति सेकेण्डमा ४ सेकेन्डको स्लो मोशन भिडियो रेकर्ड गर्न सकिनेछ ।फोनमा ८ मेगापिक्सेलको सिंगल फ्रन्ट क्यामरा हुनेछ जसले एआर इमोजी सपोर्ट गर्नेछ ।

नोट नाइन एस पेन तथा एसेसरिरज

सामसंगको नोट नाइनका साथमा कम्पनीले दिने एस पेन निकै महत्वपूर्ण रहेको छ । हालै एफसिसिको सर्टिफिकेशनमा एस पेनका लागि ब्लूटूथ सपोर्ट राखिने संकेत दिएको थियो । यदि यो सहि हो भने स्टाइलसमा यो ठूलो अपग्रेड हुनेछ ।

ब्लूटूथ कनेक्टिभिटीका साथ तपाईँले तस्वीरहरुमा क्लिक गर्नका लागि रिमोट शटरका रुपमा एस पेनको उपयोग गर्न सकिनेछ । यसले स्मार्टफोनमा म्यूजिक प्लेब्याकलाई रिमोटली कन्ट्रोल गर्न समेत प्रयोग गर्न सकिन्छ ।

ब्याट्री पावर

स्मार्टफोनका लागि आवश्यक ब्याट्री ब्याकअपले गर्दा फोनको प्रयोगलाई सहजता प्रदान गर्दछ । सामसंगले नोट सेभेनमा आएको ब्याट्री पड्किने समस्यापछि कम्पनीले सावधानी पूर्वक ब्याट्री सेटअपमा ध्यान दिँदै आएको छ । नोट ९ मा कम्पनीले ३,३०० एमएएचको ब्याट्री प्याक दिनसक्ने अनुमान गरिएको छ ।

नोट नाइट अपरेटिंग सिस्टम

गूगलले अगस्त २० तारिखमा आफ्नो मोबाइल ओएसको नयाँ भर्सन एन्ड्रोयड पी रिलीज गर्दैछ । एन्ड्रोयड पी डेभलपपर बेटामा पहिलेदेखि नै धेरै स्मार्टफोनहरु संचालन हुँदै आएका छन् । त्यसैले नोट नाइन पनि एन्ड्रोयड पीका साथमा आउने संभावना निकै कम छ । त्यसैले यो स्मार्टफोनमा एन्ड्रोयडको ओरियो भर्सन राखिने र पछि त्यसलाई एन्ड्रोयड पीमा अपडेट गर्न सकिने संभावना रहेको छ ।

वायरलेस चार्जर

सामसंगले नयाँ वायरलेस चार्जरपनि सार्वजनिक गर्न सक्नेछ । यो चार्जर तपाईँको स्मार्टफोन चार्ज गर्ने बेला सोहि समयमा तपाईँको स्मार्टवाच पनि सार्वजनिक गर्ने सक्ने किसिमको छ । त्यसैगरि फोनमा टाइप सी पोर्ट राखिनेछ ।

ग्यालेक्सी वाच

सामसंगले नोट नाइटका साथमा नयाँ ग्यालेक्सी वाच पनि लन्च गर्नसक्नेछ । यो स्मार्टवाच यसअघिको ग्यालेक्सी गियर एस ३ को अपग्रेड भर्सन हुनेछ । यसमा रोटेटिंग बेजेल, वाटर एण्ड डस्ट रेजिस्टेन्ट, बिल्ट इन जीपीएस, र शक्तिशाली ब्याट्रीका साथमा आउने संभावना छ । यसमा हुने ओएस टाइजेन अपरेटिंग सिस्टम नै हुने पछिल्लो विबरणहरुमा उल्लेख छ। नयाँ स्मार्ट वाचलाई ग्यालेक्सी वात र गियर एस फोर भनिनेछ ।

मूल्य

हालसम्म ग्यालेक्सी नोट नाइनको मूल्यको बारेमा कुनै जानकारीहरु बाहिर आएको छैन् । तर रिपोर्टहरुअनुसार यसअघिको नोट ८ को हाराहारीमा नै मूल्य तोकिनेछ । तर पनि बजारमा आएको चर्चाअनुसार यो फोनको मूल्य नोट ८ को भन्दा करिब ५० अमेरिकी डलर महंगो हुने अनुमान गरिएको छ । संभवत यो स्मार्टफोनको मूल्य १००० डलरभन्दा मुनी नै हुने अनुमान छ ।

अन्य विशेषताहरु

नोट नाइनमा आइरिस स्क्यानरका साथ आइपी ६८ वाटर एण्ड डस्ट प्रोटेक्सन हुनेछ भने सामसंग पे पनि उपलब्ध हुनेछ ।

नेपाली बजारमा आउँछ की आउँदैन् ?

सामसंगको ग्यालेक्सी नोट नाइन नेपाली बजारमा पनि सार्वजनिक हुँदैछ । कम्पनीले संभवत भारतीय बजारमा लन्च हुने दिनको अगाडि पछाडि मिलाएर नेपालमा पनि नोट नाइन सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसको लागि कम्पनीले नोट नाइट आयात गर्ने प्रकृया शुरु गरिसकेको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २१ श्रावण २०७५, सोमबार