ह्वावे र जेडटिईका डिभाइस अमेरिकी डेमोक्रयाटिक उम्मेदवारले प्रयोग नगर्न चेतावनी

Technology Khabar २० श्रावण २०७५, आईतवार

ह्वावे र जेडटिईका डिभाइस अमेरिकी डेमोक्रयाटिक उम्मेदवारले प्रयोग नगर्न चेतावनी

काठमाडौं ।

काठमाडौं । अमेरिकाको डेमोक्रयाटिक नेशनल कमिटीले पार्टिका उम्मेदवारहरुलाई ह्वावे र जेडटिईका डिभाइसहरु प्रयोग नगर्नकाका लागि चेतावनी जारी गरेको छ । चिनियाँ टेलिकम कम्पनीहरु ह्वावे र जेडटिईका डिभाइसहरुमा सेक्यू्रिटी खतरा रहेको हुँदा आगामी नोभेम्बरमा हुने उम्मेदवारहरुलाई ती कम्पनीको डिभाइस प्रयोगमा रोक लगाएको रोयटर्सको रिपोर्टमा उल्लेख छ ।

अमेरिकीहरुमाथि जासुसी कार्यमा प्रयोग गर्नसक्ने भन्दै अमेरिकी कानून निर्माताहरु र ट्रम्प प्रशासनले अमेरिकी कम्पनीहरुलाई ह्वावे र जेडटिईका उत्पादनहरु बिक्री नगर्नका लागि दबाब दिएका थिए । यो अंग्रेजी वर्षको शुरुवातमा उनीहरुले एटी एण्ड टीलाई अमेरिकामा ह्वावेका स्मार्टफोनहरु बिक्री गर्ने बारेको ह्वावेसँगको डिल रोक्न दबाब दिएका थिए ।

डिएनसीका प्रमुख सुरक्षा अधिकारी बब लर्डले पठाएको एक ईमेलमा पार्टि र क्याम्पेन कार्यकर्ताहरुका लागि सो चेतावनीको बारेमा उल्लेख गरिएको स्रोतलाई दाबी गर्दै रिपोर्टमा भनिएको छ ।

‘कृपया तपाईँले जेडटिई अथवा ह्वावेका डिभाइसहरु तपाईँको स्टाफको लागि कहिँ कर्त व्यक्तिगत वा कार्यसँग सम्बन्धि गतिबिधिमा प्रयोग नगर्नु वा नकिन्नु भएको सुनिश्चित गर्नुहोस्,’ लर्डले भनेका छन् ।

यसअघि नै अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले मिलिटरी बेसहरमा स्टोर गरिएको ह्वावे र जेडटिईद्धारा निर्माण गरिएको मोबाइल फोन र मोडेमहरुमा सेक्यूरिटी रिस्क संभव भएको भन्दै बिक्रीमा रोक लगाएको थियो ।

स्रोत

easy care

प्रकाशित: २० श्रावण २०७५, आईतवार