स्मार्टफोनको स्क्रीनमा औंला घुमाउने बित्तिकै पत्ता लाग्छ तपाईँको सबै जानकारी

Technology Khabar २० श्रावण २०७५, आईतवार

स्मार्टफोनको स्क्रीनमा औंला घुमाउने बित्तिकै पत्ता लाग्छ तपाईँको सबै जानकारी

काठमाडौं ।

काठमाडौं । हामीमध्ये कयौं मोबाइल फोन प्रयोगकर्ताहरुलाई यो थाहा छ कि आजभोली कयौं यस्ता नक्कली एप्सहरु बनेका छन जुन तपाईँको मोबाइलमा इन्स्टल भएपछि तर्पाइँको सबै जानकारी लीक हुनसक्छ । तर यो भन्दा पनि खतरनाक विषय बाहिर आएको छ, र अब एप नभएपनि तपाईँको स्मार्टफोनद्धारा तपाईँको सबै जानकारीहरु ‘लीक’ गर्न सकिन्छ ।

पछिल्लो साता सीएसआईआरओ डाटा६१ (CSIRO Data61) का केहि रिसर्चरले स्मार्टफोनको स्क्रीनमा औंलाहरु चलाउने बित्तिकै तपाईँको सबै डाटा चोरी हुनसक्ने खुलासा गरेका छन् ।

तपाईँको स्मार्टफोनमा औंलाले गर्ने हरेक स्वाइप वा ट्यापमार्फत कसले सो फोन प्रयोग गरिरहेको छ र के हेरिरहेको छ भन्ने जानकारी लीक हुनसक्दछ ।

अनुसन्धानकर्ताहरुले यो विषयलाई एन्ड्रोयडमा एउटा गेमिंग एप टच ट्रयाकको विकास गरेर बाहिर ल्याएका हुन जुन तीन ओपन सोर्स गेमसँग जोडिएको थियो । सो एपमा २०४८ स्वाइपका लागि, लेक्सिका ट्यापका लागि र की स्ट्रोकका लागि लोगो मेनियाक प्रयोग गरिएको थियो ।

एपलाई ८९ मानिसहरुले प्रयोग गरे भने सोमध्येबाट अनुसन्धानकर्ताहरुले ४०,६०० टच जेस्चरको स्याम्पल लिएका थिए । अनुसन्धाकर्ताहरुका अनुसार मोबाइल फोनको स्क्रीनमा लेफ्ट तर्फ स्वाइप गर्ने बित्तिकै उनीहरुसम्म यूजरको ७३.७ प्रतिशत जानकारी पुगेको थियो । त्यस्तै कि स्ट्रोक्सको सहयोगबाट रिसचर्रहरुले यूजरसँग सम्बन्धित ९८.५ प्रतिशत जानकारी हासिल गरेका थिए ।

टच बेस्ड ट्रयाकिंगमार्फत एउटैे डिभाइसमा पनि कयौं प्रयोगकर्ताहरुले कसरी चलाउँछन भन्ने जानकारी हासिल गर्न सकिन्छ । यस्तो जानकारी विज्ञापनदाताहरुले वा तेस्रो पक्षले हासिल गर्न सक्दछ ।

डाटा ६१ का अनुसन्धान समूह नेतृत्वकर्ता प्रोफेसर मोहम्द डाली काफरकाले भने, ‘फोनहरुको अपरेटिंग सिस्टममा त्यस्तो केहि पनि छैन जसले एप्लिकेसनहरुलाई यस्तो डाटा प्रयोग गर्नबाट रोक्न सकियोस् ।’

यसका साथै अनुसन्धाकर्ताहरुले यो पनि सार्वजनिक गरेका छन कि यो टच बेस्ड ट्रयाकिंग केबल केहि डिभाइसहरुमा मात्र प्रयोग हुने नभई कयौं डिभाइसहरुमा पनि काम गर्दछ । जहाँबाट तपाईँको अनलाइन प्रोफाइलदेखि अन्य कयौं महत्वपूर्ण जानकारीहरु ट्र्याक गर्न सकिन्छ ।

तर अहिलेसम्म यो फीचरलाई सहि गर्ने कुनै बाटो छैन तर यूजर्सको व्यक्तिगत गोपनियताको बारेमा भने प्रश्न उठाएको छ ।

माध्यम

easy care

प्रकाशित: २० श्रावण २०७५, आईतवार