तपाई मोबाइल धेरै चलाउनुहुन्छ भने कतै फबिंगमा त जोडिनुभएको छैन् ?

Technology Khabar २० श्रावण २०७५, आईतवार

तपाई मोबाइल धेरै चलाउनुहुन्छ भने कतै फबिंगमा त जोडिनुभएको छैन् ?

काठमाडौं ।

काठमाडौ‌ । के तपाईँ साथीभाई तथा आफ्तहरुका साथमा सँगै हुँदा पनि मोबाइलमा व्यस्त भएर उनीहरुलाई वास्ता गर्नुहुन्न् ? त्यसोभए ध्यान दिनुहोस त्यस्तो बेलामा तपाईँले मोबाइल चलाउँदै अरुलाई वास्ता नगर्दा त्यसले सम्बन्धमा असर पुर्याउँछ । यस्तो गतिबिधिलाई ‘फबिंग’ भनिन्छ ।

यो एउटा नयाँ शब्द हो जून अस्ट्रेलियाको डिक्शनरीमा थप गरिएको छ । यसको अर्थ तपाई त्यस्तो अवस्थामा हुनुहुन्छ तपाईँले अगाडि भएको मानिसलाई वास्ता नगरिकन आफ्नो मोबाइलमा व्यस्त हुनुहुन्छ ।

यो चिरपरिचित परिस्थिति हो । यो सामान्य अवस्था हो जब कोहिसँग भेटघाटको बेलामा उसको मोबाइलमा एउटा टेक्स्ट म्यासेज आउँछ र फेरी उ आफ्नो ईमेल वा अन्य सोशल मिडिया एप हेर्नमा व्यस्त हुन्छ र त्यहाँ बसेको तपाईँ भने त्यसलाई कुरिरहनुहुन्छ ।

यो एक विशेष अनुभवपछि ब्रिटेनका केन्ट यूनिभर्सिटीका वरोट चटपितायसुनोन्धले आफ्नै फबिंगको पछाडिको मानसिक स्थितिमा अनुसन्धान गरेका छ र यो पाए कि यसले तपाईँको मानसिक स्थिति र मानिसहरुसँगको सम्बन्ध दुबै प्रभावित हुन्छ ।

ट्रिपको समयमा फबिंगमा व्यस्त रहे साथी

उनले भने, ‘मलाई धेरै वर्षपछि एउटा लामो बिदा मिल्यो र मैले आफ्ना हाई स्कूलका साथीहरुसँग थाईल्याण्डको रमाईलो क्षेत्रहरुको कार्यक्रम बनाएँ । किनकी पछिल्लो १० वर्षमा हामी एकैसाथ कतै गएका थिएनौं ।’

म यो ट्रिपको बारेमा निकै उत्साहित थिएँ । तर दुर्भाग्यवस तीन दिन र दुई रातका लागि बनाएको यो कार्यक्रम त्यस्तो थिएन जस्तो मैले सोचेको थिएँ ।

यो पुरा ट्रिपको अवधिभर मेरो सबै साथीहरु आफ्नो शिर निहुर्याएर स्मार्टफोनमा व्यस्त रहे । त्यो ट्रिपको सम्झनामा उनीहरुको अनुहारभन्दा धेरै उनीहरुको टाउको मेरो दिमागमा आउँछ ।

फबिंगको के असर पर्छ

उनले भने, ‘धेरै सारा समस्याहरुका लागि सो ट्रिपबाट म घर आएँ र यो सोचमा परेँ कि के मेरा साथीहरुको त्यो व्यवहार सामान्य थियो ? अन्त्यमा के भयो उनीहरुलाई ? के हुन्छ यदि यो संसारमा बस्ने अधिकांश मानिसहरुले यस्तै व्यवहार देखाएभने ?

‘र फेरी मैले यसको पढाई गर्नका लागि पीएचडी प्रोग्रामका लागि आवेदन दिएँ ।’

अनुसन्धानको क्रममा हामीले पायौं कि अगाडि भएको मानिसमा फबिंगको धेरै नकारात्मक असर पर्दछ । कुराकानीको बेलामा फबिंगद्धारा अगाडिको व्यक्ति कम संन्तुष्ट हुन्छ । त्यो कुराकानीको समयमा आफैंलाई कम जोडिएको महसूस गर्दछ ।

यदि फबिंग पटक पटक भएमा

यदि कसैले फबिंग गरिरहेको छ भने अगाडिको व्यक्तिलाई उसमाथि विश्वास कम हुन्छ । यस्तो स्थितिमा मनोदशा सकारात्मक कम र नकारात्मक अधिक हुने गर्दछ ।

यदि कुनै व्यक्तिको साथमा फबिंगको घटना पटक पटक हुन्छ भने त्यसले फबिंगको कुरा मानिसहरुसँग गर्दछ र यस्तोमा कुराकानीको समयमा आफ्नो फोनमा लागिरहनु अहिलेको समयमा सामान्य कुरा हो भन्ने लागेमा उसले पनि त्यस्तै गर्न शुरु गर्दछ ।

थाईल्याण्ड, एशियाई देशहरु र यूरोपमा मोबाइलको प्रयोगमा निकै फरक रहेको छ ।थाईल्याण्डमा मानिसहरु पाँच घण्टासम्म प्रतिदिन आफ्नो मोबाइल फोनमा व्यक्त हुन्छन भने ईंग्ल्याण्डमा यो क्रम दुईदेखि अढाई घण्टा छ । यसको अर्थ थाईल्याण्डमा ब्रिटेनको तुलनामा फबिंग गर्ने मानिसहरुको संख्या निकै कम छ ।

माध्यम

easy care

प्रकाशित: २० श्रावण २०७५, आईतवार