टेलिकमले शुरु गर्यो ‘फाइबर टू दि होम’ र भ्वाइस टेलिफोन सेवा, यी स्थानमा मात्र उपलब्ध हुने

Technology Khabar १८ श्रावण २०७५, शुक्रबार

टेलिकमले शुरु गर्यो ‘फाइबर टू दि होम’ र भ्वाइस टेलिफोन सेवा, यी स्थानमा मात्र उपलब्ध हुने

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच (FTTH- Fiber To The Home) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ ।

आइपीमा आधारित प्रविधिअन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा (High Speed Internet) का साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुने कम्पनीको भनाई छ ।

यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ ।

कुन स्थानमा पाईन्छ यो सेवा

कम्पनीकाअनुसार हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध रहेको छ ।

नेपाल टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ ।

परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पुर्याई Triple Play (Voice, High Speed Internet, Video) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुने कम्पनीको दाबी छ ।

ग्राहक माझ सस्तो तथा सुलभ दरमा एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको टेलिकमले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १८ श्रावण २०७५, शुक्रबार

ताजा समाचार