नेपाली विद्यार्थीले पाए माइक्रोसफ्टको विशेष अवार्ड, ‘इ-एग्रोभेट’लाई १५ हजार डलर पुरस्कार

Technology Khabar १७ श्रावण २०७५, बिहीबार

नेपाली विद्यार्थीले पाए माइक्रोसफ्टको विशेष अवार्ड, ‘इ-एग्रोभेट’लाई १५ हजार डलर पुरस्कार

काठमाडौं ।

काठमाडौं । नेपाली विद्यार्थीहरुले माइक्रोसफ्टको आर्टिफिसियल इन्टेलिजेन्स तर्फको डिजाइनमा अवार्ड हात पारेका छन् । नेपालबाट प्रतिस्पर्धामा सहभागी टिम सोचवेयर(SochWare) ले माइक्रोसफ्टको इम्याजिन कप वल्र्ड फाइनल्स २०१८ मा आर्टिफिसियल इन्टेलिजेन्स तर्फ विशेष अवार्ड प्राप्त गरेका हुन् ।

टिम सोचवेयरले किसानहरुका लागि तयार पारेको आर्टिफिसियल इन्टेलिजेन्स सलुसनका लागि सो अवार्ड हात पारेका हुन् । सो सलुसनमा प्लान्ट डिजिज, स्ट्राटेजिज न्यूनिकरण, विज्ञहरुसँग सम्पर्क र नयाँ कृषि उपलब्धीहरुको बारेमा जानकारी लगायतका विषय समेटिएको थियो ।

नेपाली विद्यार्थीहरुको टिमले अवार्डका साथमा १५ हजार अमेरिकी डलरको नगद पुरस्कार समेत हात पारेको छ । त्यस्तै सो टिमले सो विषयलाई थप विकास र बिस्तार गर्नका लागि ३० हजार अमेरिकी डलरको अजुरे ग्रान्ट समेत प्राप्त गरेको छ ।

सेमीफाइनलमा सहभागी विश्वभरका १५ टिमहरुमध्येबाट ८ टिमलाई एशिया प्यासिफिक क्षेत्रबाट छनौट गरिएको थियो ।

टिम सोचवेयरमा तीन विद्यार्थीहरु एडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठ आबद्ध रहेका थिए । उनीहरुको समूह सोचवेयरले इ-एग्रोभेट(E-Agrovet) नामक सलुसन बनाएको थियो ।

सो प्रतिस्पर्धामा क्यानाडाको स्मार्टएआरएम(smartARM)  पहिलो भएको थियो भने ग्रीसको आईक्राईटूटक(iCry2talk) ले दोस्रो स्थान हासिल गरेको थियो । त्यस्तै जापानको मेडिएटेड ईयरले तेस्रो स्थान हासिल गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १७ श्रावण २०७५, बिहीबार

ताजा समाचार