तयार भयो डिजिटल नेपालको फ्रेमवर्क, ५ वर्षे योजनाबारे छलफल हुँदै

Technology Khabar १७ श्रावण २०७५, बिहीबार

तयार भयो डिजिटल नेपालको फ्रेमवर्क, ५ वर्षे योजनाबारे छलफल हुँदै
फाइल

काठमाडौं ।

काठमाडौं । सरकारले डिजिटल नेपाल बनाउने अवधारणाअनुसार डिजिटल नेपाल कन्फ्रेन्स आयोजना गर्ने भएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले फ्रस्ट एण्ड सुलिभानसँगको सहकार्यमा डिजिटल नेपालको खाका तयार पारिरहेको र सो बारेमा विस्तृतमा कन्फ्रेन्स आयोजना गर्न लागेको हो । शुक्रबार आयोजना हुने सो कन्फ्रेन्समा फ्रन्ट एण्ड सुलिभानले तयार पारेको डिजिटल नेपालको प्रस्तावित फ्रेमवर्कको बारेमा जानकारी दिईनेछ ।

सो कार्यक्रममा डिजिटल नेपालको लागि आवश्यक पर्ने मोबाइल विकास, डिजिटल वित्तिय समावेशिता, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका विषयमा वृहत छलफल समेत हुने बताईएको छ ।

मन्त्रालयसँगको सहकार्यमा फ्रस्ट एण्ड सुलिभानले डिजिटल नेपालको लागि वृहत संरचना तयार पारेको र आगामी दिनमा सोहि आधारमा नेपाललाई डिजिटलाईज गरिने मन्त्रालयका सहसचिव विरेन्द्र कुमार मिश्रले जानकारी दिए ।

‘आगामी ५ वर्षमा नेपाललाई डिजिटल कसरी बनाउने र कुन तहमा पुर्याउने भन्ने विषय समेटिएको छ, जसमा सेक्टरहरु समेत छुट्याईनेछ,’ उनले भने ।

सहसचिव मिश्रकाअनुसार कन्फ्रेन्समा खाकाको बारेमा छलफल गरेपछि मात्र त्यसको आधारमा चरणबद्ध कार्यक्रम संचालन हुनेछ र कति रकम लाग्नेछ भन्ने अनुमान गर्न सकिनेछ ।

Global Bank
easy care

प्रकाशित: १७ श्रावण २०७५, बिहीबार

ताजा समाचार