यी हुन कम्युनिस्ट देश उत्तर कोरियामा पाईने स्मार्टफोन, सिमित सुविधा मात्र उपलब्ध

Technology Khabar १७ श्रावण २०७५, बिहीबार

यी हुन कम्युनिस्ट देश उत्तर कोरियामा पाईने स्मार्टफोन, सिमित सुविधा मात्र उपलब्ध

काठमाडौं ।

काठमाडौं । संसारको सबैभन्दा गोप्य र नखुलेको देश भनेर उत्तर कोरियालाई लिने गरिन्छ । कम्युनिष्ट मुलुक उत्तर कोरियामा पनि मानिसहरु मोबाइल फोन प्रयोग गर्दछ र अझै अत्याधुनिक सुविधायुक्त स्मार्टफोनहरु चलाउने गर्दछन भन्ने थाहा पाउँदा तपाईँलाई आश्चार्य लाग्न सक्दछ ।

यो सत्य हो उत्तर कोरियामा पनि स्मार्टफोनहरु किन्न पाईन्छ तर सिमित ब्राण्ड र सिमित सुविधा भएका स्मार्टफोनहरु मात्र उपलब्ध हुन्छन् । ती स्मार्टफोनहरु तपाईँले भने अन्य बजारमा भने किन्न सक्नुहुन्छ । यी फोनहरु उत्तर कोरियाभित्र मात्र उपलब्ध छन् ।

उत्तर कोरियामा सन् २०१३ देखि स्मार्टफोन उपलब्ध हुन थालेको हो । यी फोनहरुमा सेन्सर गरिएका एप र सिमित सुविधाहरु उपलब्ध हुने गरेको बताईएको छ ।

यस्ता छन उत्तर कोरियामा उपलब्ध हुने स्मार्टफोनहरु

प्योङ्गय‌ाङ्ग टच (Pyongyang Touch)

प्योयांग टच कोरियामा उपलब्ध हुने स्मार्टफोन मध्ये एक हो । सन २०१४ मा शुरु भएको यो स्मार्टफोनको हार्डवेयर स्पेशिफिकेसन के छ भन्ने जानकारी छैन् । यो फोन पिंक, नाभी ब्लू, र ह्वाइट कलर अप्सनमा उपलब्ध हुन्छ ।

यो स्मार्टफोन युवाहरुमाझ लोकप्रिय रहेको बताईएको छ । त्यसैगरि यो एन्ड्रोयडको उत्तर कोरियाली मोडिफाइड भर्सनमा आधारित रहेको छ । तर यो फोनबाट विदेश कल गर्न र इन्टरनेटमा कनेक्ट गर्न सकिँदैन् ।

एरिरांग(Arirang)

यो स्मार्टफोन कुन ब्राण्ड वा कम्पनीको हो भन्ने अझ स्पष्ट छैन् । यो प्योंगयांग टचको अर्को मोडल पनि हुनसक्ने बताईएको छ । यो ब्राण्ड फोन हो वा फोन उपलब्ध गराउने कम्पनी हो भन्ने स्पष्ट छैन् ।

सक्कली एरिरांगफोन चीनमा निर्मित यूनिस्कोप यू १२०१ को क्लोन वा रिब्राण्डेड मोडल भएको अनुमान गरिएको छ ।

यसको आधारमा सक्कली एरिरांगमा ४.३ इन्चको डिस्प्ले ड्यूल कोर क्वालकम स्न्यापड्रागन चीपसेट, ८ मेगापिक्सेल क्यामरा, ड्यूल मोड ड्यूल नेटवर्क सिम रहेको छ । यो फोनमा थ्रीडी स्टेरियो साउण्ड च्याम्बर डिजाइन र १,९०० एमएएचको ब्याट्री प्याक छ ।

जिन्दालेई थ्री -एजालेई थ्री पनि भनिन्छ(Jindallae 3-translated to the Azalea 3)

उत्तर कोरियामा प्रयोग हुने पछिल्लो स्मार्टफोन हो जिन्दालेई । यो स्मार्टफोन सन् २०१७ मा सार्वजनिक भएको थियो । यो फोन उत्तर कोरियाको आफ्नै कम्पनी मान्ग्योडेई इन्फर्मेशन टेक्नोलोजी कर्पोरेशनले तयार पारेको बताईएको छ ।

यसअघि पनि जिन्दालेईको वान र टू भर्सन छ कि छैन भन्ने स्पष्ट छैन् । यसको स्पेशिफिकेशन थाहा छैन तर यो कालो र सेतो रंगमा उपलब्ध छ ।

एरिरांग १७१(Arirang 3)

एरिरांग १७१ स्मार्टफोन सन् २०१८ मा आएको एरिरांगको पाँचौं स्मार्टफोन मोडल हो । यो फोनमा ४.७ इन्चको स्क्रीन छ भने यसमा टेन कोरको १.२ गीगाहर्जमा आधारित मिडिया टेक ६७९७ चीपसेट रहेको छ ।

यो फोनमा ४ जीबीको र्याम र ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । उत्तर कोरियाका प्रयोगकर्ताहरुले यो फोनमा फिंगरप्रिन्ट प्रयोग गरेर फोन अनलक गर्न पनि सक्नेछन् ।

फुरुन हानुल एच वान (ब्लू स्काई)(Phurun Hanul H-1-or Blue Sky)

यो स्मार्टफोन फुरुन हानुल कर्पोरेशनले तयार पारेको हो । जसमा ५.५ इन्चको हाई रिजोल्यूशन भएको डिस्प्ले राखिएको छ भने फिंगरप्रिन्ट सेन्सर तथा फास्ट स्पिड प्रोसेसर राखिएको छ । यो फोनमा ६,००० एमएएचको ब्याट्री रहेको अनुमान छ जसले अन्य फोनहरु पनि चार्ज गर्न सक्ने छ ।

यो फोनमा १.३ गीगाहर्जको अक्टा कोर मिडिया टेक एमटि ६७५३ प्रोसेसर राखिएको छ, जून सन् २०१७ सम्म हाई इण्ड स्मार्टफोनमा प्रयोग गर्ने गरिन्थ्यो ।

यो फोनमा ३ जीबीको र्याम र ३२ जीबीको स्टोरेज छ भने १६ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

 

उत्तर कोरियालीहरुले एप डाउनलोड गर्न स्टोरमा जानुपर्ने हुन्छ । उत्तर कोरियामा उपलब्ध हुने अधिकांश स्मार्टफोनहरुमा इन्टरनेट कनेक्सन हुँदैन् । तर सरकारले संचालन गरेको आन्तरिक सरकारी इन्ट्रानेटमा भरपर्नुपर्ने हुन्छ ।

सरकारी इन्ट्रानेटमा भरपर्नुपर्ने हुँदा उत्तर कोरियाली स्मार्टफोन प्रयोगकर्ताहरुले एप्स डाउनलोड गर्न स्थापना गरिएको स्टोरहरुमा जानुपर्ने हुन्छ, जहाँ उनीहरुले उत्तर कोरियाली सरकारले अनुमति दिएको एप्स मात्र डाउलोड गर्न सक्नेछन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १७ श्रावण २०७५, बिहीबार