Technology Khabar १५ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । ओपोले नेपाली बजारमा नयाँ मिड–रेञ्ज स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सुपर फुल नोच स्क्रिनसहित ६.२ ईञ्च स्क्रिन भएको एथ्रीएस सार्वजनिक गर्न लागेको हो ।
कम्पनीको मिड–टायर स्मार्टफोन भएतापनि यसमा डुअल क्यामेरा सेटअप, नोच सहितको सुपर फुल स्क्रिन डिस्प्लेका साथै ८८.८ प्रतिशत हाई–रेसियो स्क्रिन लगायत हाई एण्ड फिचर्सपनि समाहित गरिएका छन् । साथै, दैनिक प्रयोगका दौरान ब्याट्रीका कारण कुनै समस्या नआओस् भन्ने सोचका साथ फोनमा ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
कम्पनीले ओपो एथ्रीएस २ जीबी र्याम र १६ जीबी आन्तरिक स्टोरेजका साथ सार्वजनिक गरिने जानकारी दिएको छ । फोनमा कलरओएस ५.१मा आधारित एण्ड्रोइड ८.१ ओरियो उपलब्ध गरिनेछ । नयाँ स्मार्टफोनमा १३ एमपी प्लस २ एमपी डुअल रियर क्यामेरा सेटअप र सेल्फीका लागि ८ एमपी सेन्सरको ब्यवस्था गरिएको छ ।
क्वालकम स्न्यापड्रागन ४५० प्रोसेसर प्रयोग गरिएको ओपो एथ्रीएसमा एआई ब्यूटी प्रविधि फिचरपनि उपलब्ध गरिएको छ । फोनमा चार्जिङ र डाटा सिंकका लागि यूएसबीका साथै समग्र कनेक्टिभिटी अप्सन्सपनि उपलब्ध हुनेछ ।
‘यसमा रहेको शक्तिशाली ब्याट्रीले तिनलाई हरेक दिन स्मर्णिय पलहरु विना कुनै रुकावट तस्विरका रुपमा कैद गर्न सघाउने छ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
फोनमा कम्पनीले विशेषगरी यूवा लक्षित ‘म्यूजिक पार्टी’ फंगसनपनि उपलब्ध गराएको छ । यो फंगसनले प्रयोगकर्तालाई बहुसंख्यक स्मार्टफोन हटस्पटको माध्यमबाट कनेक्ट गरी विना स्पिकर एउटै ट्रयाकको मज्जा लिन सघाउँछ । तर, फञ्सनको उपयोगका लागि फोनमा कलरओए ५.१ वा सो भन्दा नयाँ भर्जनको हुनुपर्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १५ श्रावण २०७५, मंगलवार