नेपालमा पहिलो पटक उद्यमीहरुको लागि क्रियटिभ बिजनेस कप प्रतियोगिता हुने

Technology Khabar १५ श्रावण २०७५, मंगलवार

नेपालमा पहिलो पटक उद्यमीहरुको लागि क्रियटिभ बिजनेस कप प्रतियोगिता हुने

काठमाडौं ।

काठमाडौं । अन्तरप्रेरणा र उद्यमशिलताको क्षेत्रमा विश्वभरि कार्यरत डेनमार्कको कोपनहेगनमा रहेको क्रियटिभ बिजनेस कपबिच नेपाली उद्यमीहरुलाई अन्र्तराष्ट्रिय मञ्च प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर भएको छ ।

यसबाट यहि वर्ष नोभेम्बर महिनामा डेनमार्कको कोपनहेगनमा सम्पन्न हुने अन्र्तराष्ट्रिय क्रियटिभ बिजनेस कप प्रतिस्पर्धामा नेपाली उद्यमीलाई सहभागी हुने अवसर मिलेको छ । नेपालमा पहिलो पटक हुन लागेको क्रियटिभ बिजनेस कप प्रतियोगितामा उद्यमशीलताका विविध क्षेत्रमा नविन र सृजनशील कार्यहरु गरिरहेका उद्यमीहरुले प्रतिस्पर्धा गर्नेछन् । सो प्रतियोगिताबाट छानिएका उत्कृष्ट प्रतियोगीले कोपनहेगनमा हुने अन्र्तराष्ट्रिय बिजनेस कपमा आफ्नो प्रस्तुती दिन पाउने छन् । तीन दिने अन्तर्रािष्ट्रय कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेले ७००० यूरो बरावरको नेपाली रुपैयाँ नगद पुरस्कारसँगै अन्य सुविधाहरु पाउनेछन् ।

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अन्तरप्रेरणाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निरज खनालले अन्तरप्रेरणाले उद्यमीहरुलाई सहयोग गर्ने उद्देश्यले हाल सञ्चालनमा ल्याएको कलेजहरुमा विजनेश इन्कुवेसन सेन्टर, नव उद्यमशाला र अन्तर्रािष्ट्रय सम्बन्ध विस्तार जस्ता कार्यक्रमको वारेमा जानकारी दिए ।

क्रिएटिभ बिजनेस कप नेपालमा हालसम्म १३४ आवेदन आइसकेको र अरु आवेदन पनि आउने क्रम रहेको जानकारी दिइयो । ५ अगस्टसम्म आवेदनको लागि अन्तिम मिति रहेको खनालले बताए । आवेदनवाट छनौट १५ उत्कृष्ट प्रतियोगीहरुलाई ५ दिने बुटक्याम्प मा सहभागी गराई मेन्टरसिप दिने र नेशनल फाइनल कार्यक्रमको आयोजनाबाट १ उत्कृष्ट कम्पनीको छनौट गरिने बताए ।

कार्यक्रममा वैद्य अग्रनाइजेसनका अध्यक्ष सुरज वैद्यले नेपाल तथ्यांक क्षेत्रमा अत्यन्त कमजोर रहेको जसले गर्दा धेरै उद्यमहरु पछि परेको बताए । हाम्रो सरकारमै मात्र निर्भर हुने प्रवृत्तिले पनि उद्यमशीलतामा असर परेको बताउदै युवामार्फत मात्र उद्यमशीलता बढ्ने बताए ।

बृहत ग्रुप र अन्तरप्रेरणाका अध्यक्ष, ओम राजभण्डारीले नेपालको विकास सृजनशीलता, डिजिटाइजेसन र नवीन सोचबाट मात्रै सम्भब भएको बताउदै क्रियटिभ विजनेश कपले त्यस्ता उद्यमीहरुलाई वाहिर ल्याउन सहयोग गर्ने बताए ।

Global Bank
easy care

प्रकाशित: १५ श्रावण २०७५, मंगलवार

ताजा समाचार