गित सुनिरहँदा जब अचानक हातैमा मोबाइल फोन पड्कियो..

Technology Khabar १४ श्रावण २०७५, सोमबार

गित सुनिरहँदा जब अचानक हातैमा मोबाइल फोन पड्कियो..

काठमाडौं ।

काठमाडौं । हातमा मोबाइल राखेर गित सुनिरहेको बेला अचानक मोबाइल फोन पड्किँदा भारतमा एक बालक घाईते भएका छन् । भारतमा हालै भएको एक घट्नामा एक बालकको हातको औंलाहरु काटिएको छ।

छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशको कुरनूलमा एक बच्चाको हातमा मोबाइल पड्किँदा सो घट्ना भएको हो । हाल सो बालकलाई अस्पतालमा भर्ती गरिएको छ र बच्चाको अवस्था खतरामुक्त रहेको भारतीय मिडिया रिपोर्टमा उल्लेख छ।

९ वर्षिय बालक जनार्दन अचारीका बुवा मडिलेट्टी अचारीले केहि दिन पहिले मात्र किनेको चिनियाँ फोन पड्किएको हो । सो फोन हातमा राखेर बालकले आइतवार गित सुनिरहेको बेलामा उनको हातमा फोन पड्किएको थियो ।

रिपोर्टकाअनुसार मोबाइल फोन पड्किँदा उनको औंलाहरु काटिएका छन भने हत्केला तथा पेटमा समेत चोट लागेको छ । उनलाई सरकारी अस्पतालमा भर्ना गरिएको बताईएको छ।

सो पड्किएको फोन केहि समय अघि मात्र खरिद गरिएको र फोन पटक पटक तात्ने गरेको घाईतेको परिवारले बताएको रिपोर्टमा उल्लेख छ ।

माध्यम १  माध्यम २

easy care

प्रकाशित: १४ श्रावण २०७५, सोमबार

ताजा समाचार