सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

Technology Khabar १४ श्रावण २०७५, सोमबार

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छिन् ।

शर्मा बैंकको स्थापनाकाल देखिनै कार्यरत छिन् । यस दौरानमा उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उलेख्य काम गरेकि बैंकले जानकारी दिएको छ ।

हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरे।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: १४ श्रावण २०७५, सोमबार