इसेवा र नेपाल एयरलाइन्सबीच सम्झौता, आन्तरिक र बाह्य उडान टिकट अनलाईन किन्न पाईने

Technology Khabar १४ श्रावण २०७५, सोमबार

इसेवा र नेपाल एयरलाइन्सबीच सम्झौता, आन्तरिक र बाह्य उडान टिकट अनलाईन किन्न पाईने

काठमाडौं ।

काठमाडौं । इसेवा फोन पे प्रालि र नेपाल वायुसेवा निगमबीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा इसेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे ।

सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो ।

नेपाल एयरलाइन्सले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ ।

‘अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ,’ इसेवाका सिओओ लामिछानेले भने ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १४ श्रावण २०७५, सोमबार

ताजा समाचार