यस्तो छ साइबर आक्रमणबाट बचाउने गूगलको ‘सेक्योरिटी की’, तपाई पनि किन्ने की ?

Technology Khabar १३ श्रावण २०७५, आईतवार

यस्तो छ साइबर आक्रमणबाट बचाउने गूगलको ‘सेक्योरिटी की’, तपाई पनि किन्ने की ?

काठमाडौं ।

काठमाडौं । आजकाल हरेक दिन जसो साइबर आक्रमण र डाटाहरु चोरी भएको घट्नाहरु दैनिक हामिले समाचारमा पढिरहेका हुन्छौं । ह्याकरहरुले विभिन्न किसिमले डाटा चोरेर त्यसलाई गलतरुपमा प्रयोगगर्ने गरेका छन् ।

डाटा चोरी र साइबर अपराधबाट बच्ने उपायको रुपमा गूगलले अनलाइन आक्रमणबाट सुरक्षा दिनको लागि सेक्योरिटी की अर्थात सुरक्षा साँचो सार्वजनिक गरेको छ ।

कम्पनीकाअनुसार यो सेक्योरिटी कीले इन्टरप्राइजेस कस्टमरहरुलाई साइबर आक्रमणबाट बचाउनेछ । कम्पनीले यसको नाम ‘टाइटन सेक्योरिटी की’ राखेको छ, जून प्रारम्भिक चरणमा क्लाउड कस्टमरहरुका लागि मात्र उपलब्ध हुनेछ । यसको बिक्री आगामी दिनमा गूगल स्टोरबाट समेत गरिने छ ।

गूगलको यो टाइटन सेक्योरिटी की दुई भेरिएन्टमा लन्च भएको छ, जसमध्ये एक भेरिएन्टमा ब्लूटूथ तथा एनएफसीको सपोर्ट उपलब्ध छ । यो टू फ्याक्टर अथेन्टिकेशन मोबाइल डिभासको लागि हुनेछ । त्यस्तै अर्को भेरिएन्ट भने यूएसबी पोर्टको रुपमा आएको छ, जुन कम्प्यूटर तथा ल्यापटपका लागि हुनेछ ।

टाइटन सेक्योरिटी कीमा गूगलद्धारा तयार पारिएको फार्मवेयर दिईएको छ । गूगल क्लाउडका प्रोडक्ट म्यानेजमेन्ट डाइरेक्टर जेनिफर लिनले ब्लग पोस्टमा भने, ‘हामी निकै पहिलेदेखि ससक्त सेक्योरिटी की को प्रयोगको लागि प्रयास गर्दै आएका थियौं, विशेषगरि क्लाउड एडमिन्सका लागि जून यसको माध्यमबाट साइबर आक्रमणबाट बच्न सक्नेछन् ।’

के हो टाइटन सेक्योरिटी की ?

टू स्टेप भेरिफिकेशनको जस्तै यो कीमा पनि सेक्योरिटी हुनेछ । यो हेर्दा सामान्य पेन ड्राइभ जस्तो देखिन्छ तर यसमा विशेष यू २एफ सेक्योरिटी हुन्छ । यसलाई तपाईँले अनलाइनमा पनि किन्न सक्नुहुनेछ, कम्पनीले यो की को मूल्य करिब २५ डलरसम्म तोक्ने अनुमान गरिएको छ भने दुबै यूएसबी र ब्लूटूथ मोडल खरिद गर्दा भने ५० डलरसम्म तिनुपर्ने बताईएको छ ।

यसलाई तपाईँले त्यो एकाउन्टहरुमा प्रयोग गर्न सक्नुहुनेछ जसमा सेक्योरिटी थप गर्ने सुविधा दिईएको हुन्छ । हालै फेसबुकले पनि सेक्योरिटी की को अप्शन जोडेको छ, त्यसैले यो की तपाईँले फेसबुकमा पनि प्रयोग गर्न सक्नुहुनेछ ।

सेक्योरिटी कीलाई तपाईँले आफ्नो एकाउन्टमा जोड्नुपर्ने हुन्छ । उदाहरणको लागि तपाईँले फेसबुकमा सेक्योरिटी की जोड्नुभयो भने आईडी तथा पासवर्ड पछि तपाईँको कम्प्यूटरमा सेक्योरिटी की लगाउनुपर्ने हुन्छ । सेक्योरिटी की प्रयोग नगरि तपाईँको एकाउन्ट खोलिँदैन् । यदि तपाईँको एकाउन्टलाई कसैले पासवर्ड चोरेर वा ह्याक गरेर खोल्ने प्रयास गर्दा पनि सो खुल्न सक्दैन् ।

के हो टू स्टेप भेरिफिकेसन ?

टू स्टेप भेरिफिकेसन सामान्यरुपमा भन्दा अतिरिक्ट सेक्योरिटीको फीचर हो । यसको माध्यमबाट एकाउन्टमा लग इन गर्नुभन्दा पहिले तपाईँले पासवर्ड मात्र नभई पिन नम्बर पनि एकाउन्टमा राख्नुपर्ने हुन्छ । अझ बुझ्ने भाषामा भन्दा यदि तपाईँ जीमेलमा टू स्टेप भेरिफिकेसन अथेन्टिकेसन प्रयोग गर्नुहुन्छ भने तपाईँले आफ्नो ईमेल खोल्दा(लग इन गर्दा) पासवर्ड हालेपछि तपाईँको मोबाइल नम्बरमा रिसीभ गरिएको म्यासेजबाट पिन नम्बर हाल्नुपर्ने हुन्छ । त्यसपछि मात्र तपाईँले आफ्नो जीमेल प्रयोग गर्न सक्नुहुन्छ ।

यदि कसैले तपाईँको जीमेलको पासवर्ड प्रयोग गर्यो भनेपनि तपाईको एकाउन्ट खोल्न सक्दैन् ।

गूगलले यो सेक्योरिटी की सन् २०१७ देखि परिक्षण गरिरहेको छ जसले गर्दा सन् २०१७ पछि गूगलमा कुनैपनि एकाउन्ट ह्याक नभएको दाबी गरेको छ । गूगलका कर्मचारीहरुलाई यो सेक्योरिटी की लग इन गर्नको लागि अनिवार्य गरिएको छ ।

यो की प्रयोग गर्नका लागि कुनै ब्याट्री पावर चाहिँदैन भने नेटवर्क नभएपनि प्रयोग गर्न सकिन्छ ।

easy care

प्रकाशित: १३ श्रावण २०७५, आईतवार