नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

Technology Khabar १३ श्रावण २०७५, आईतवार

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

काठमाडौं ।

काठमाडौं । नबिल बैंकले आफ्नो ३४ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सामाजिक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा, वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उद्देश्यले साउन १२ गते मीनभवनमा वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ।

बैंकको ३० औं वार्षिकोत्सबको उपलक्षमा २०७१ साउनमा यस क्षेत्रमा बृक्षारोपण कार्यक्रम आयोजनाको शुरुवात गरिएको थियो र त्यसपछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरस˚ाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गरी आएको जनाएको छ।

बैंकको बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गरे।

telecom
easy care

प्रकाशित: १३ श्रावण २०७५, आईतवार